बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

निर्माण सामग्री अभावले पूर्वाधारका योजना प्रभावित

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १५ २०८१
images
निर्माण सामग्री अभावले पूर्वाधारका योजना प्रभावित

नदीजन्य वस्तुका लागि पर्वतमा दुईवटा मुख्य स्रोत थिए। एउटा कालीगण्डकी र अर्को मोदीखोला। कालीगण्डकीबाट ढुंगा, बालुवा उत्खनन गर्न विगत तीन वर्षदेखि सर्वोच्च अदालतले रोक लगाएको छ।

images
images

पर्वत- निर्माण सामग्री अभावमा पर्वतमा सडक, खानेपानी र सिँचाइका सयौँ योजना प्रभावित बनेका छन्। संघीय सरकार र प्रदेश सरकार अन्तर्गतका ती योजना निर्माण सामग्री अभावले प्रभावित बनेका हुन्।

images
images
images

ढुंगा, बालुवा, गिट्टीजस्ता नदीजन्य सामग्रीको अभावमा योजनाका काममा ढिलासुस्ती भएको हो। धेरैजसो योजना सामग्री अभावकै कारण सम्झौता अवधि सकिँदा समेत प्रगति न्यून छ। पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले नदीजन्य निर्माण सामग्रीको अभावले थुप्रै योजना सम्पन्न हुन नसकेको बताए।

images
images

नदीजन्य वस्तुका लागि पर्वतमा दुईवटा मुख्य स्रोत थिए। एउटा कालीगण्डकी र अर्को मोदीखोला। कालीगण्डकीबाट ढुंगा, बालुवा उत्खनन गर्न विगत तीन वर्षदेखि सर्वोच्च अदालतले रोक लगाएको छ।

images
images

अर्कोतर्फ मोदीखोलाको अधिकांश भागमा जलविद्युत् आयोजना निर्माण भइरहेकाले ढुंगा र बालुवा उत्खननमा समस्या छ। कास्की, तनहुँ, म्याग्दीलगायत जिल्लाबाट निर्माण सामग्री ढुवानी गरेर पर्वतका योजनाहरुमा प्रयोग गर्ने गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि संघ र प्रदेशका गरी एक सय ५२ वटा योजना कार्यान्वयनमा छन्। तीमध्ये ६६ वटा योजना सम्पन्न भइसकेका छन्। संघीय सरकारका आठवटा ठूला योजना ठेक्का प्रक्रियामा रहेको उनले बताए। बाँकी योजनाहरुमा ग्राभेल, बेस, चिप्स अभाव हुँदा ठेकेदारहरुले समयमै सम्पन्न गर्न नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सामग्री अभावकै कारण पूर्वाधार कार्यालयको प्रगति न्यून देखिएको छ। आर्थिक वर्षको नौ महिनामा २१ प्रतिशत मात्र बजेट खर्च भएको छ। ठेकेदारले समयमै काम सम्पन्न नगर्दा भुक्तानी पाएका छैनन्। पूर्वाधारका मात्र नभइ सिँचाइ, सहरी विकास तथा भवन डिभिजन कार्यालयका योजनाहरुमा पनि निर्माण सामग्रीको अभाव भएको निर्माण व्यावसायी शिव अधिकारीले बताए। रासस


प्रकाशित : शनिबार, वैशाख १५ २०८११७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend