काठमाडौं- इन्टरनेटमा आइपुग्न दुनियालाई सदियौँ लागेको थियो। तर जब इन्टरनेटमार्फत विज्ञान प्रविधि अघि बढ्यो तब त यसको रफ्तार तीव्र भइरहेको छ।
अहिले धेरै काममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग बढ्न थालेको छ भने आगामी दिनमा यसैको दबदबा हुने निश्चितजस्तै छ। सूचना प्रविधिको विकास आम मानिसले सोचेभन्दा बढी गतिमा भइरहेको छ।
प्रविधिको विकासमा विकसित देशहरुबीच पनि प्रतिस्पर्धा तीव्र छ। जसले अब्बल दर्जाको प्रविधि विकास गर्छ त्यही देश बढी शक्तिशाली हुने देखिएको छ। भिजुअल क्यापिटालिस्टले २०१० देखि २०२२ सम्म एआईसँग सम्बन्धित पेटेन्ट दर्ता गर्ने देश र पेटेन्ट दर्ताको संख्या उल्लेख गरेको छ।
यो तथ्यांक सेन्टर फर सेक्युरिटी एन्ड इमर्जिङ टेक्नोलोजी (सीएसईटी)ले सार्वजनिक गरेको हो। सीएसईटीले सार्वजनिक गरेको २०२४ एआई इन्डेक्स रिपोर्ट भिजुअल क्यापिटालिस्टले स्ट्यानफार्ड युनिभर्सिटीबाट एक्सेस गरेको जनाएको छ।
यो तथ्यांकअनुसार पछिल्लो केही वर्षयता एआई पेटेन्ट दर्ता गर्ने देशमा चीन अग्र स्थानमा रहेको छ। तथ्यांकअनुसार चीनले अमेरिकालाई एआई पेटेन्ट दर्ता संख्यामा २०१३ मा उछिनेको थियो। त्यसयता हरेक वर्ष चीनले एआई सम्बन्धी पेटेन्ट दर्तामा व्यापक वृद्धि गरिरहेको छ।
२०१० मा चीनले ३ सय ६ वटा एआई पेटेन्ट दर्ता गर्दा अमेरिकाले ९ सय ८४ वटा दर्ता गरेको थियो। सो वर्ष ईयू र युकेले १ सय ३७ वटा पेटेन्ट दर्ता गर्दा समग्र विश्वभर १ हजार ९ सय ९९ वटा एआई सम्बन्धी पेटेन्ट दर्ता भएको थियो।
त्यस्तै २०११ मा चीनले ५ सय १६, ईयू र बेलायतले १ सय २९, अमेरिकाले ९ सय ८० र विश्वभर २२ सय ६ वटा दर्ता भएको थियो। २०१२ मा चीनले ९ सय २६, ईयू र बेलालतले १ सय १२, अमेरिकाले ९ सय ५० र विश्वले २६ सय ४८ वटा पेटेन्ट दर्ता भएको थियो।
२०१३ मा चीनले अमेरिकालाई उछिन्दै १ हजार ३५ वटा, ईयू र बेलायतले ९१ वटा, अमेरिकाले ९ सय ७० वटा र विश्वभर कुल २७ सय २३ वटा एआई सम्बन्धी पेटेन्ट दर्ता भएको थियो।
२०१४ मा आइपुग्दा विश्वभर ३ हजार १ सय २० वटा पेटेन्ट दर्ता हुँदा चीनले १२ सय ७८ वटा, ईयू र बेलायतले ९१ वटा र अमेरिकाले १ सय ७८ वटा पेटेन्ट दर्ता गराएका थिए।
त्यसयताका हरेक वर्ष एआई पेटेन्ट दर्ता उल्लेख्य रुपमा बढी रहेको छ। २०१९ मा विश्वभर १५ हजार ७ सय ८३ वटा पेटेन्ट दर्ता भएकोमा चीन एक्लैको ९ हजार ५ सय ३० वटा पेटेन्ट दर्ता गराएको थियो। सोही वर्ष ईयू र बेलायतले ३ सय २२ वटा र अमेरिकाले ३ हजार २ सय ११ वटा पेटेन्ट दर्ता गराएको थियो।
२०२० मा आइपुग्ला विश्वभर २३ हजार ३ सय ७३ वटा एआई पेटेन्ट दर्ता हुँदा चीनले १३ हजार ७१ वटा, ईयू र बेलायतले ४ सय ६ वटा र अमेरिकाले ५ हजार ५ सय ४१ वटा पेटेन्ट दर्ता गराएको थियो।
त्यस्तै २०२१ मा आइपुग्दा विश्वभर ३८ हजार २ सय ६८ वटा एआई पेटेन्ट दर्ता भएको थियो। यसमा चीनले २१ हजार ९ सय ७ वटा, ईयू र बेलायतले ६ सय २३, अमेरिकाले ८ हजार २ सय १९ वटा र विश्वका बाँकी देशले ७ हजार ५ सय १९ वटा एआई पेटेन्ट दर्ता गराएका थिए।
२०२२ मा एआई सम्बन्धी पेटेन्ट दर्ता करिब दोबरले बढेको छ। यो वर्ष विश्वभरका देशले ६२ हजार २ सय ६४ वटा पेटेन्ट दर्ता भएको थियो। यसमध्ये आधाभन्दा बढी चीनले दर्ता गरेको छ। २०२२ मा चीनले ३५ हजार ३ सय १५ वटा, ईयू र बेलायतले १ सय १ सय ७३ वटा, अमेरिकाले १२ हजार ७७ वटा र १३ हजार ६ सय ९९ वटा विश्वका बाँकी देशले एआई पेटेन्ट दर्ता गराएका थिए।
पेटेन्ट कानूनअनुसार पेटेन्टका विभिन्न आइडियाहरु अलग्याएर त्यसको पेटेन्ट दर्ता गरिन्छ। एआई पेटेन्ट गणतीय अन्तरसम्बन्ध र अल्गोरिदममा आधारित हुन्छन्। एआई पेटेन्टका आफ्नै फरक मिनिङ हुन्छन् र त्यो कहाँ दर्ता भएको हो भन्ने कुराले पनि त्यसको अर्थमा फरक पर्छ।
अमेरिकामा धेरै पेटेन्ट दर्ता हुनुमा त्यहाँ भएका ठूला कम्पनीहरु आईबीएम, माइक्रोसफ्ट र गुगल जस्ता प्रविधि जायन्टहरु हुनु हो। यता चीनमा भने अधिकांश सरकारी संघसंस्थाहरु, विश्वविद्यालयहरु र प्रविधि कम्पनीहरुले गर्दा धेरै एआई पेटेन्ट दर्ता भएको हो।