सिरहा- सरकारले प्रतिबद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन (मिटरब्याज) पीडितले गुनासो गरेका छन्।
सिरहाको लहानमा पत्रकार सम्मेलन गरी मिटरब्याजपीडितहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै गुनासो गरे।
मिटरब्याजपीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले सरकारले पटकपटक सहमति गरे पनि कार्यान्वयनका लागि ठोस् पहल नगरेको आरोप लगाए। उनले उल्टै मिटरब्याजपीडितलाई स्थानीय प्रशासनले दुःख दिने काम गरिरहेको बताए।
समस्या समाधानको काम प्रभावकारी ढंगले अगाडि नबढाइए फेरि आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ। रासस