बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

कान्तिलोकपथमा मर्मतको काम, दैनिक तीन घण्टामात्र खुल्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १५ २०८१
images
कान्तिलोकपथमा मर्मतको काम, दैनिक तीन घण्टामात्र खुल्ने

'यो सडक खण्ड एक दशमलव पाँच किलोमिटर  चौडा गर्न लागिएको हो। सडकमाथिका चट्टान काट्न बाँकी रहकोले उक्त निर्णय भएको हो'

images
images

ललितपुर- कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ। मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो। 

images
images
images

'मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ। मर्मतको काम जारी छ। अब दुई ‘सिफ्ट’मा काम गरेर शीघ्र सम्पन्न गर्ने लक्ष्य छ', आगामी जेठ १५ गतेसम्म बाटो तीनघण्टासम्म खुल्ने जानकारी दिँदै कान्तिलोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले भने।

images
images

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बिहीबार भएको बैठकले बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको हो। बैठकले उक्त सडकमा छ चक्के र त्यसभन्दा बढी पाङ्ग्रा भएका मालबाहक सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ।

images
images

'यो सडक खण्ड एक दशमलव पाँच किलोमिटर  चौडा गर्न लागिएको हो। सडकमाथिका चट्टान काट्न बाँकी रहकोले उक्त निर्णय भएको हो', इन्जिनियर महर्जनले भने। 

यो सडक  ६७ वर्षदेखि निर्माणाधीन छ। हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लामो सडक विस्तारको जिम्मा बुद्धचोकदेखि-टीकाभैरवसम्मको ७९ किलोमिटर खण्ड आयोजना कार्यालयले लिएको छ भने बाँकी भाग सडक डिभिजन कार्यालयले बनाउने छ।  

टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पारेको भए पनि स्थानीयले निर्माण गरेका संरचनाका कारण ठेचो-सुनाकोठी खण्ड चौडा हुन सकेको छैन। रासस 


प्रकाशित : शनिबार, वैशाख १५ २०८१११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend