बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

२८ करोडको लागतमा बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १५ २०८१
images
२८ करोडको लागतमा बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै

'हालसम्म ७० प्रतिशत काम पूरा भएको छ, सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ, मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ।'

images
images

बागलुङ- बागलुङ- म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका-३ हटिया बजार- ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ। 

images
images
images

हटिया बजार- ताराखोला गाउँपालिका-३ स्थित घुस्मेली बजारसम्म २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए। 

images
images

चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ। 

images
images

इन्जिनियर पुनले भने, 'हालसम्म ७० प्रतिशत काम पूरा भएको छ, सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ, मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ।' रासस


प्रकाशित : शनिबार, वैशाख १५ २०८१११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend