बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १४ २०८१
images
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो।

images
images

काठमाडौं- नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड ६७ लाख ४० हजार आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको ढुंग्रे खोला तटबन्धसहितको परियोजनाको उद्‍घाटन गरिएको छ। 

images
images
images

आज शुक्रबार खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया र भारतीय राजदूतावासका प्रथम सचिव रहेका अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे। उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र विभिन्न समाजसेवीको पनि उपस्थिति रहेको थियो।  

images
images

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको बहावलाई नियमन गर्न एवम् नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो।

images
images

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो। यो परियोजना चितवनको खैरहनी नगरपालिकामार्फत कार्यान्वयन गरिएको हो। यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको भारतीय दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।  

यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपदविरुद्धको पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्ने जनाइएको छ। 

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५ सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४ सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको जनाएको छ। यीमध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा १ सय ६ वटा परियोजना रहेका छन् जसमा ९ वटा परियोजना चितवनमा छन्।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १ हजार ९ वटा एम्बुलेन्स र ३ सयवटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको जनाइएको छ। जसमध्ये बागमती प्रदेशलाई २ सय ३६ वटा एम्बुलेन्स र ९९ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा १७ वटा एम्बुलेन्स र ५ वटा स्कुल बस चितवन जिल्लालाई उपलब्ध गराइएको जनाइएको छ।


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११५:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend