बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

राष्ट्र बैंकको सर्वोत्कृष्ट कर्मचारीमा निर्देशक किरण पण्डित सम्मानित

images
शुक्रबार, वैशाख १४ २०८१
images
राष्ट्र बैंकको सर्वोत्कृष्ट कर्मचारीमा निर्देशक किरण पण्डित सम्मानित
images
images

काठमाडौं- ६९औँ वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वोत्कृष्ट कर्मचारीका रुपमा निर्देशक किरण पण्डितलाई सम्मानित गरेको छ। 

images
images
images

राष्ट्र बैंकमा १ हजार १ सय ४७ जना स्थायी कर्मचारी कार्यरत छ्न्। जसमध्ये ४ उत्कृष्ट र एकजना सर्वोत्कृष्ट कर्मचारी सम्मानित भएका हुन्।

images
images

उत्कृष्ट कर्मचारीअन्तर्गत सम्मानित हुनेमा चालक शुभराठी प्रधान, टक्सार महाशाखाका मेकानिकल इन्जिनियर श्यामकुमार श्रेष्ठ, जनकपुर कार्यलयका साहायक निर्देशक प्रियंका ठाकुर र कानून महाशाखाका उपनिर्देशक सुमन आचार्य रहेका छ्न्।

images
images

सर्वोत्कृष्ट कर्मचारीले १ लाख रुपैयाँ र उत्कृष्ट कर्मचारीले ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। 

राष्ट्र बैंकले पूर्वगभर्नर दिपेन्द्रपुरुष ढकाललाई सम्मान गरेको छ। सो अवसरमा राष्ट्र बैंकमा २० वर्ष काम गरेका तीन कर्मचारी पनि सम्मानित भएका छन्।

बैंकिङ विभागका कार्यकारी निर्देशक विश्व थापा, गभर्नर कार्यलयका निर्देशक डा. डिल्लीराम पोखरेल र भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रसाई २० वर्ष सेवा अवधी पूरा गरेकोमा सम्मानित भएका छन्।


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend