सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

मेचीनगरमा १५ करोड ५७ लाख लागतमा तीन खानेपानी आयोजना सम्पन्न

images
शुक्रबार, वैशाख १४ २०८१
images
images
मेचीनगरमा १५ करोड ५७ लाख लागतमा तीन खानेपानी आयोजना सम्पन्न

बाहुनडाँगी खानेपानी आयोजनाबाट मेचीनगर नगरपालिकाका वडा नम्बर २, ३ र ४ का एक हजार नौ सय परिवारलाई स्वच्छ पानी प्राप्त हुनेछ।

images
images

झापा- मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन्। संघीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन्।

images
images

मेचीनगरको समेत लगानी रहेको खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बनेका ती आयोजनामा १५ करोड ५७ लाख ३८ हजार छ सय ७७ रूपैयाँ खर्च भएको छ।

images
images

काँकडभिट्टा खानेपानी आयोजनामार्फत मेचीनगर-४ बाहुनडाँगीमा निर्माण सम्पन्न भएको संरचना बिहीबारदेखि सञ्चालनमा आएको छ भने बाँकी दुईवटा आयोजना पनि शीघ्र सञ्चालन हुने मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष राजकुमार पराजुलीले बताए।

images
images
images

अध्यक्ष पराजुलीका अनुसार बाहुनडाँगीमा छ करोड ३८ लाख चार सय १२ रूपैयाँ, धुलाबारीमा चार करोड ८० लाख ७६ हजार दुई सय १० रूपैयाँ र चारआलीमा चार करोड ३८ लाख ४९ लाख ५५ रूपैयाँको लागतमा आयोजना निर्माण गरिएको हो।

आयोजनाका लागि बाहुनडाँगीमा स्थानीय अम्बिका कार्की र टेकबहादुर कार्कीले दुई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए। उक्त जग्गा पर्याप्त नभएपछि थप दुई कठ्ठा खरिद गरेर ओभरहेड ट्यांकी, फिल्टर, कार्यालयलगायत संरचना बनाइएको छ।

बाहुनडाँगी खानेपानी आयोजनाबाट मेचीनगर नगरपालिकाका वडा नम्बर २, ३ र ४ का एक हजार नौ सय परिवारलाई स्वच्छ पेयजल प्राप्त हुनेछ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend