बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

बेँसीसहर-चामे सडक : खुदीसम्मको सात किलोमिटर खण्ड कालोपत्र

images
शुक्रबार, वैशाख १४ २०८१
images
बेँसीसहर-चामे सडक : खुदीसम्मको सात किलोमिटर खण्ड कालोपत्र

डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो।

images
images

लमजुङ- मनाङ र लमजुङ जोड्ने बेँसीसहर-चामे सडक कालोपत्र सम्पन्न भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो।

images
images
images

डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो।

images
images

पाँच दशमलव पाँच मिटरमा सवारीसाधन सञ्चालन हुने, एक दशमलव एक मिटर पानीको निकास र पैदलयात्री मार्ग एक मिटर चौडा छ। कुल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता भएको थियो।

images
images

बेँसीसहरबाट खुदीसम्म करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका-६ स्थित तीन सय मिटर लामो खरखरेभिरका लागि सो रकमबाहेक बोलपत्र आह्वान गरेर २० करोड रूपैयाँ लागत अनुमान गरेकामा १६ करोड रूपैयाँ र सोही स्थान नजिक एक सय २० मिटरको करिब चार करोड रूपैयाँमा पुल तथा बाटो निर्माण भइरहेको छ। 

६५ किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर छ। खुदीसम्म कालोपत्र भए पनि त्यहाँबाट चामेसम्मको अधिकांश भाग जीर्ण छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८१११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend