सोमबार, वैशाख २४ गते २०८१    
images
images

यी हुन् लगानी सम्मेलनमा निजी क्षेत्रबाट प्रस्तुत ३१ परियोजना, बाह्य लगानीका लागि पनि समावेश

images
images
images
यी हुन् लगानी सम्मेलनमा निजी क्षेत्रबाट प्रस्तुत ३१ परियोजना, बाह्य लगानीका लागि पनि समावेश

सम्मेलनमा निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको छ।

images
images

काठमाडौं- तेस्रो लगानी सम्मेलन सुरु हुन अब दुई दिनमात्रै बाँकी छ। आउँदो आइतबार र सोमबार (बैशाख १६ र १७ गते) ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ काठमाडौंमा आयोजना हुँदैछ।

images
images
images

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा १ सय ४८ परियोजना प्रस्तुत गरिने भएको छ। 

images

पर्याप्त पुँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार यहाँ आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन्।

images

लगानी बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ। सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका आयोजना समावेश गरिएका छन्। यस्तै यातायात, खानी तथा खनिजजन्य, पर्यटन, कृषि, उत्पादन क्षेत्र, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा, सञ्चार तथा सूचना प्रविधि, पानी आपूर्तिका र सहरी विकास क्षेत्रका परियोजना पनि समावेश छन्। 

images
images

लगानी सम्मेलनमा सार्वजनिक-निजी-साझेदारीमार्फत् विकास गर्नेगरी केही आयोजना छन् भने विभिन्न १४ वटा आयोजना प्रत्यक्ष लगानीका लागि उपयुक्त परियोजनाका रुपमा पहिचान भएका छन्।

साथै विभिन्न सातवटा आयोजनालाई ‘सोकेसिङ फर मार्केट साउण्डिङ’ प्रयोजनका लागि लगानी सम्मेलनमा लगिँदैछ। जुन प्रारिम्भक चरणका अध्ययन भइरहेको र विस्तृतमा अध्ययन हुन बाँकी रहेको प्रकृतिका आयोजना हुन्।

लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट-पीडीए) गर्ने तयारीसमेत भइरहेको बोर्डले जनाएको छ। सम्मेलनका क्रममा नेपाल-चीन मैत्री औद्योगिक पार्क, अपर मर्स्याङ्दी-२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा आयोजनाको पीडीए सम्झौता हुँदैछ।

लगानी सम्मेलनका लागि गठित निर्देशक समिति, कार्यान्वयन समिति, प्राविधिक समिति तथा सचिवालयले तय गरेका काममा कसरी बढीभन्दा बढी नतिजामुखी हुन सकिन्छ भनेर आन्तरिक गृहकार्य चुस्त बनाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताएका छन्। 

सम्मेलनमा निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको छ। 

यी हुन् निजी क्षेत्रका ३१ परियोजना

१) सिक्लेस अन्नपूर्ण केबलकार परियोजना
२) भरतपुर आइसल्याण्ड रिसोर्ट एण्ड वाटरल्याण्ड परियोजना
३) मध्य कालीगण्डकी जलविद्युत् आयोजना
४) तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना
५) आइएमई सिमेन्ट आयोजना (बैतडी)
६) काठमाडौँ प्राविधिक विद्यालय
७) गोपीकृष्ण केन्द्रीय कम्प्लेक्स
८) जालपादेवी केबलकार परियोजना
९) कम्पोस्ट मल प्लान्ट
१०) माथिल्लो सानीभेरी अर्धजलाशययुक्त जलविद्युत् आयोजना
११) मुगु कर्णाली जलविद्युत् आयोजना
१२) पेल्मा खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना
१३) दानाखोला जलविद्युत् आयोजना
१४) माथिल्लो बुढीगण्डकी जलविद्युत् आयोजना
१५) लान्द्रुक मोदी जलविद्युत् आयोजना
१६) बलेफी खोला जलविद्युत् आयोजना
१७) चुवाखोला (माथिल्लो र तल्लो तटीय) क्यास्केड जलविद्युत् आयोजना
१८) माथिल्लो चुवा लुरुप्या खोला अर्ध जलाशययुक्त जलविद्युत् परियोजना
१९) नरखोला जलविद्युत् आयोजना
२०) माथिल्लो अप्सुवा जलविद्युत् आयोजना
२१) माथिल्लो भेरी जलविद्युत् आयोजना
२२) सुर्के दूधकोशी जलविद्युत् आयोजना
२३) माथिल्लो मस्र्याङ्दी-१ जलविद्युत् आयोजना
२४) अप्सुवा खोला-१ जलविद्युत् आयोजना
२५) तीन चरणमा सगरमाथाको ट्रेलमा १० लक्जरी होटलहरू निर्माण परियोजना २६ पोडवे प्रयोग गरी चुनढुङ्गा उत्खनन
२७) ह्याप्पी ल्याण्ड फनपार्क एण्ड रिसोर्ट
२८) सुरुङ्गा, झापा, प्राकृतिक कृषि फार्म
२९) गोरुसिङ्गे, तौलिहवा, कपिलवस्तु महाकाली सेती क्यास्केड पिकिङ हाइड्रोइलेक्ट्रिक परियोजना (५४ मेगावाट) 
३०) सेती नदी पिकिङ जलविद्युत् आयोजना (७२ मेगावाट) 
३१) रिभोल्भिङ पार्किङ

images

प्रकाशित : शुक्रबार, वैशाख १४ २०८१११:३८
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस