बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव स्वीकृत

images
शुक्रबार, वैशाख १४ २०८१
images
सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव स्वीकृत

सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत (करसहित) नगद लाभांश बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

images
images

काठमाडौं- सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

images
images
images

रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा बैशाख १२ मा सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरेको छ।

images
images

यस्तै सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत (करसहित) नगद लाभांश बाड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

images
images

सभाले संस्थापक सेयरधनी समूहबाट ५ जना सञ्चालकहरु विष्णुप्रसाद न्यौपाने, विमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन् भने स्वतन्त्र सञ्चालकमा एकजना नेहा अग्रवाललाई मनोनीत गरिएको कम्पनीले जनाएको छ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीका सबै सञ्चालक समिति, ग्राहकहरु, कर्मचारी तथा सेयरधनीहरुप्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन्।

साथै उनले सर्वोत्तम सिमेन्टले नामजस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापनापश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १ सय ६६ टन क्लिंकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन्।


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend