शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

बिहीबार प्रतितोला दुईसय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार १४ सयले बढ्यो

images
शुक्रबार, वैशाख १४ २०८१
images
बिहीबार प्रतितोला दुईसय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार १४ सयले बढ्यो

शुक्रबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढेर प्रतितोला एक लाख एक लाख ३७ हजार दुईसय रूपैयाँ कायम भएको छ।

images
images

काठमाडौं- सुनको मूल्य नेपाली बजारमा शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुईसय रूपैयाँ पुगेको छ।

images
images
images

बिहीबार प्रतितोला दुईसय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर एक लाख ३७ हजार रूपैयाँभन्दा माथि पुगेको हो।

images
images

शुक्रबारका लागि तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख ३६ हजार पाँचसय ५० रूपैयाँ तोकिएको छ।

images
images

यो साता आइतबार स्थिर रहेर सोमबार र मंगलबार दुई दिनको अवधिमा ३ हजार ८ सय रूपैयाँले सुनको मूल्य घटेको थियो।

बुधबार प्रतितोला पाँचसय रूपैयाँले उकालो लागेको सुनको मूल्य बिहीबार पुन: ओरालो लागेकामा शुक्रबार फेरि बढेको हो।

चाँदीको मूल्य पनि आज प्रतितोला २० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ५५ रूपैयाँ तोकिएको थियो।


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend