शनिबार, फागुन ३ गते २०८१    
शनिबार, फागुन ३ २०८१
images
images

आगलागी पीडितलाई पालिकाको नगद राहत

images
बिहीबार , वैशाख १३ २०८१
images
images
आगलागी पीडितलाई पालिकाको नगद राहत

घर जलेर पूर्णक्षति भएका परिवारलाई प्रतिपरिवार ७० हजार रूपैयाँ, आंशिक क्षति भएकालाई ४० हजार रूपैयाँ र कम क्षति भएकालाई अवस्था हेरेर नगद राहत उपलब्ध गराइने निर्णय भएको छ।

images
images

नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-६ का आगलागी पीडितलाई नगद राहत दिइने भएको छ।

images
images
images

गत शुक्रबार दिउँसो लागेको आगलागीबाट घरबारविहीन भएका ११ परिवारलाई नगद राहत दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिए।

images
images

उनका अनुसार घर जलेर पूर्णक्षति भएका परिवारलाई प्रतिपरिवार ७० हजार रूपैयाँ, आंशिक क्षति भएकालाई ४० हजार रूपैयाँ र कम क्षति भएकालाई अवस्था हेरेर नगद राहत उपलब्ध गराइने निर्णय भएको छ।

images
images
images

एउटा पसलमा लागेको आगो अन्य घरमा सल्किएको थियो। आगलागीबाट चार घरमा पूर्णक्षति भएका र अन्य घरमा पनि क्षति पुगेको पालिकाको वडा नं ६ निवासी चन्ना धोवीले बताए।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आगलागीबाट क्षति भएका परिवारलाई उचित राहतका लागि पहल भइरहेको जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , वैशाख १३ २०८११७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend