आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

क्यानडा र माल्टा पठाइदिन्छु भन्दै ४१ लाख ठगी, दुईजना पक्राउ

images
बिहीबार , वैशाख १३ २०८१
images
images
क्यानडा र माल्टा पठाइदिन्छु भन्दै ४१ लाख ठगी, दुईजना पक्राउ

रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ४१ लाख २० हजार रूपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीका लागि क्यानडा र माल्टा पठाइदिन्छु ४१ लाख २० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images

पक्राउ पर्नेमा हाल काठमाडौं बस्ने सुनसरी ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङका २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

images
images

उनका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीनजना पीडितबाट तीन लाख रूपैयाँ ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो।

images
images
images

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , वैशाख १३ २०८११६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend