शनिबार, असोज ५ गते २०८१    
images
images

आकर्षक नाफा कमाएको राष्ट्र उत्थान लघुवित्तको आईपीओ जारी हुने

images
आइतबार, पुस ४ २०७८
images
images
आकर्षक नाफा कमाएको राष्ट्र उत्थान लघुवित्तको आईपीओ जारी हुने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर आईपीओ जारी गर्ने भएको छ। संस्थाको पुस १५ गते हुने तेस्रो वार्षिक साधारण सभाले आईपीओको प्रस्ताव पारित गर्दै छ। 

images
images

काठमाडौं- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर आईपीओ जारी गर्ने भएको छ। संस्थाको पुस १५ गते हुने तेस्रो वार्षिक साधारण सभाले आईपीओको प्रस्ताव पारित गर्दै छ। 

images
images
images

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। त्यस्तै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ।

संस्थाले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ।

कम्पनीले सञ्चालन नाफा पनि २ करोड रुपैयाँबाट बढाएर ७ करोड ७० लाख रुपैयाँ पुर्याएको छ। असारसम्म ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।  राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ।

images

लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई इक्रा नेपालले आईआर बीबी रेटिङ्ग प्रदान गरेको छ। 


प्रकाशित : आइतबार, पुस ४ २०७८०५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend