शनिबार, वैशाख २२ गते २०८१    
images
images

ईभीमार्फत विलासितालाई पुनर्परिभाषित गर्दै बीवाईडी

विलासी डेन्जा जेडनाइन जीटी सार्वजनिक

images
images
images
ईभीमार्फत विलासितालाई पुनर्परिभाषित गर्दै बीवाईडी

‘विगतमा परम्परागत कार निर्माताहरुको लोगोले नै विलासिताको परिभाषित गर्थे। तर अब न्यू इनर्जी ब्रान्डले प्रविधिको प्रयोगबाट विलासिताको परिभाषा ल्याइसकेका छन्,’ अप्रिल १ मा डेन्जाका जनरल म्यानेजर झाओ चान्जियाङले बताएका हुन्।

images
images

काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले आफ्नो प्रिमियम ब्रान्डको पहिलो विद्युतीय सेडान कार बिहीबार बेइजिङ अटो शोमा सोकेस गर्‍यो। उक्त सेडान कार जर्मन विलासी कार निर्माता मर्सिडिज बेन्जका कारलाई समेत चुनौती दिने खालको छ। 

images
images
images

बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाको पहिलो विलासी सेडान कार डेन्जा जेडनाइनजीटी बेइजिङ अटो शोमा राखिएको हो। मर्सिडिजका प्रिमियम कार नै चीनमा पकड जमाएपनि बीवाईडीका संस्थापक वाङ चुवानफुले प्रिमियम कार बनाएका हुन्। 

images

मर्सिडिज र चिनियाँ साझेदारसँग वर्षौँदेखि समान हिस्सेदारी दियो भने जुन अहिले प्रिमियम ईभी भेन्जरमा त्यो १० प्रतिशतमा सीमित भएको छ। अर्थात डेन्जा ब्रान्डमा बीवाईडीको ९० प्रतिशत र मर्सिडिजको १० प्रतिशत हिस्सा छ। डेन्जाको प्रिमियम सेडान डेन्जाकै एनसेभेन एनएट एसयूभी र डी नाइन मल्टिप्रपोस सवारीबाट प्रभावित रहेको छ। यी कारहरूले बीवाईडीको बिक्रीमा सहयोज गरिरहेका छन्। प्रिमियम सवारीमा हालसम्म चिनियाँ बजारमा विदेशी ब्रान्डकै दबदबा रहँदै आएको छ। 

images

‘विगतमा परम्परागत कार निर्माताहरूको लोगोले नै विलासिताको परिभाषित गर्थे। तर अब न्यू इनर्जी ब्रान्डले प्रविधिको प्रयोगबाट विलासिताको परिभाषा ल्याइसकेका छन्,’ अप्रिल १ मा डेन्जाका जनरल म्यानेजर झाओ चान्जियाङले बताएका हुन्। 

images
images

चीनमा प्राइस वारका कारण आन्तरिक बजारमा विलासी सवारीको बिक्री घट्दोक्रममा रहेको छ। चीनबाहेकको विश्व बजारमा चिनियाँ विद्युतीय सवारीहरूको बिक्री बढ्दो क्रममा छ। धेरैवटा चिनियाँ ब्रान्डले विदेशी बजारमा बिक्रीका लागि आँखा लगाइरहेका छन्। 

बीवाईडीले मास मार्केट, मिडसाइज तथा प्रिमियम उत्पादनमार्फत विद्युतीय सवारीको विश्व बजारमा आफूलाई अब्बल सावित गरिरहेको छ। यसका लागि उसले प्रिमियम सबब्रान्डहरूमार्फत विलासी गाडी बनाइरहेको छ। त्यस्तै मध्येको एक हो डेन्जा। डेन्जा सफल हुनुमा बीवाईडी नै हो। विश्व बजारमा प्रतिस्पर्धा गर्न टोयोटा, फक्सजागनजस्ता ब्रान्डले पनि प्रिमियम ब्रान्डमार्फत विलासी कार बिक्री गर्दै आएका छन्। 

मास मार्केट कार र प्रिमियम कार ब्रान्ड अलग अलग बनाउनुका मुख्य दुई रणनीति हुने गरेको छ। पहिलो बजारमा आफ्नो उपस्थिति बलियो बनाउन प्रिमियम उपभोक्ता र मास मार्केट उपभोक्ता आकर्षित गर्न दुवै सेगमेन्टका कार बनाउने, दोस्रो, समग्र कम्पनीको नाफा बढाउने। मास मार्केट सवारीबाट नाफा कम हुने भएकाले आफ्नै कम्पनी मातहत प्रिमियम सवारी बनाउँदा नाफा बढाउन सहयोग पुग्छ। 

डेन्जा डीनाइटको बिक्रीबाट कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको छ। वार्षिक १ लाख १९ हजार वटा यो कार बिक्री भइरहेको छ जसको मूल्य चीनमा ४ लाख युआन रहेको छ। यो मूल्यमा कार डेन्जा डीनाइन बिक्री गर्दा बीवाईडीका कारबाट आउने औषत नाफाभन्दा १० गुणा बढी रहने अनुमान गरिएको रोयटर्सले लेखेको छ। 

प्रिमियम सेगमेन्टमा पोर्से तथा फरारीको दबदबा रहेको छ जुन परम्परागत इन्जिनमा आधारित छ। परम्परागत इन्जिनमा चीनले न प्रतिस्पर्धा गर्न सक्छ न त त्यसमा उनीहरूको प्रविधि नै बलियो छ। २००३ ताका जीली अटोमोबाइलले ब्युटी लियोपार्ड नामक स्पोर्टस कार ल्याएको थियो। तर उक्त कार बिक्री गर्न कम्पनीले धेरै संघर्ष गरेको थियो। यता मर्सिडिज बेन्जसँगको साझेदारीमा बीवाईडीले भने त्यतिबेला राम्रो गर्ने अनुमान गरिएको थियो। 

तर जब विद्युतीय सवारीले ‘सोकल्ड’ इन्टेलिजेन्ट प्रविधि मानिएको आईसी इन्जिन सवारीलाई चुनौती दिनेगरि अडाडि आयो तब बीवाईडी प्रमियममा सफल हुने संकेत देखियो। जुन आज देखिनेगरि आइसकेको छ। बीवाईडीमात्र होइन त्यो प्रमाणित अमेरिकी कम्पनी टेस्लाका ईभीले पनि गरिसकेको छ। 

३ वर्षअघि बीवाईडीले अब ईभीले नै सवारी उपभोक्ताको सबै चाहना पूरा गर्नसक्छ भन्ने देखियो तब आईसी इन्जिन सवारी उत्पादन नै बन्द गरिदियो। बीवाईडीले ब्याट्रीदेखि प्रविधिसम्म सबै आफैँ उत्पादन गर्दै आएको छ। यसका साथै गाडीको च्यासिसदेखि अटोनोमस ड्राइभिङ सिस्टम पनि बनाइसकेको छ। 

गत वर्ष बीवाईडीले अर्को अल्ट्रा लक्जरी ब्रान्ड याङवाङसमेत ल्याएको थियो। यो ब्रान्डको एसयूभी र स्पोर्टस कार मूल्य १० लाख युआनभन्दा बढी रहेको छ। त्यस्तै बीवाईडीले अफ रोड ब्रान्ड भनेर फाङचाङबाओ ल्याएको छ। जिप, ल्यान्ड रोभर र टोयोटा ल्यान्डक्रुजरसँग प्रतिस्पर्धा गर्ने यो गाडीको मूल्य २ लाख ८९ हजार ८ सय युआन तोकिएको छ। 

यसका साथै बीवाईडीले युरोपेली विलासी ब्रान्ड अल्फा रोमियो, अउडी, लिम्बर्गिनीजस्ता ब्रान्डसँग प्रतिस्पर्धा गर्ने गरि आफ्नो सवारीको डिजाइन विकास गरिरहेको छ। 

अहिले डेन्जा एनसेभेन चलाउने चिनियाँ उपभोक्ताले मर्सिडिजको जीएसएस, पोर्से क्यानी र बीएमडब्लू एक्ससेभेनकै विशेषता भएको सो कार पाँच गुणा कम मूल्यमा पाइरहेका छन्। यही कारण विलासी कारमा बीवाईडीले आफूलाई अझ बलियो बनाउँदै लगेको देखिन्छ। 

डेन्जा जेडनाइन जीटीमा तीन वटा विद्युतीय मोटर रहेको छ। अगाडि २ सय ३० किलोवाट र पछाडि दुईवटा समान २ सय ४० किलोवाटका मोटर रहेका छन्। यसमा बीवाईडीले उत्पादन गरेको ब्लेड एलएफपी ब्याट्री प्रयोग गरिएको छ। 

images

प्रकाशित : बिहीबार , वैशाख १३ २०८११२:३५

प्रतिक्रिया दिनुहोस