शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

images
बिहीबार , वैशाख १३ २०८१
images
images
प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घट्दा चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

images
images
images

बुधबार प्रतितोला पाँचसय रूपैयाँले उकालो लागेको सुनको मूल्य बिहीबार पुन: ओरालो लागेको हो।

images
images

बिहीबार प्रतितोला दुईसय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँ तोकिएको छ।

images
images
images

यो साता आइतबार स्थिर रहेर सोमबार र मंगलबार दुई दिनको अवधिमा ३ हजार ८ सय रूपैयाँले सुनको मूल्य घटेको थियो।

बुधबारको तुलनामा चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , वैशाख १३ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend