काठमाडौं-सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन्।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उनलाई आगामी माघ १२ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनको कार्यकाल चार वर्षको हुनेछ। २०५२ सालमा नबिल बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनी आठ वर्ष अघिदेखि सानिमा बैंकमा कार्यरत छन्।
हालका सीईओ भुवन दाहालले आगामी माघ ११ गतेदेखि अवकास पाउँदैछन्।