शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नेशनल लाइफ इन्स्योरेन्सको जीवन श्री सावधिक अमृत बिमा योजना सार्वजनिक

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ४ २०७८
images
नेशनल लाइफ इन्स्योरेन्सको जीवन श्री सावधिक अमृत बिमा योजना सार्वजनिक

बिमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बिमांकको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतका रूपमा उपलब्ध हुने जनाइएको छ।

images
images

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना सार्वजनिक गरेको छ। जीवन श्री सावधिक अमृत बिमा योजना ल्याएको हो।

images
images
images

बिमित वर्गको आयस्रोत, वचत र सुरक्षालाई ध्यानमा राख्दै यो नयाँ योजना ल्याएको कम्पनीले जनाएको छ। पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले नयाँ बिमा योजना शुभारम्भ गरेकी हुन्।  

images
images

यसमा बिमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बिमांकको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतका रूपमा उपलब्ध हुने जनाइएको छ। यो नयाँ बिमालेखबाट बिमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बिमांक रकम र आर्जित बोनसले आफू र आफूप्रति आश्रितलाई समेत आर्थिक सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ।

images
images

बिमालेखबाट बिमितको अतिरिक्त आयस्रोत सुनिश्चित हुन्छ भने सँगसँगै वचत र सुरक्षा पनि उपलब्ध हुनेछ। आफ्नो आयस्रोत अनुसार ५० हजार रुपैयाँदेखि माथिसम्मको बिमा गर्न सकिने यो योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनले एकमुष्ट बीमांक र बोनस प्राप्त हुनेछ।

ऋण सुविधासमेत रहेकाले बिमितको तरलताको व्यवस्थापनमा योगदान पुग्ने र मुनाफामा सहभागी हुने यस बिमालेखबाट बिमितलाई आकर्षक प्रतिफल प्राप्त हुने कम्पनीले जनाएको छ।

जोखिम वहनसँगै वचत पनि हुने यस बिमा योजनाबाट अवकाश जीवनलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।

 


प्रकाशित : आइतबार, पुस ४ २०७८०२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend