शनिबार, साउन १२ गते २०८१    
images
images
images

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न उच्चको आदेश

images
बुधबार, वैशाख १२ २०८१
images
images
पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न उच्चको आदेश

न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले बोर्डका सीईओ छनोटसम्बन्धी कुनै पनि काम नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो।

images

काठमाडौं- उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ।

images
images

न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै पनि काम नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो।

images

पर्यटन बोर्डमा रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्य मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन र छनोट उपसमिति अवैधानिक भएको आदेशमा छ।

कुन्दन शर्मा मिश्रसमेतको दायर गरेको रिट निवेदनको सुनुवाइपछि बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षीका हकमा आफै वा प्रतिनिधि राखेर लिखित जवाफ पेस गर्न भनिएको छ। रासस

images


प्रकाशित : बुधबार, वैशाख १२ २०८११७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend