शनिबार, साउन १२ गते २०८१    
images
images
images

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो, त्रासमा आसपासका बासिन्दा

images
बुधबार, वैशाख १२ २०८१
images
images
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो, त्रासमा आसपासका बासिन्दा
सांकेतिक तस्बिर।

'वन क्षेत्र नजिकका बस्तीमा बाँदरको आतंक बढेपछि खेतबारीको अन्नपात, घर र आँगनका थाङ्रामा राखिएका मकै तथा अन्य खानेकुरा जोगाउनै हैरान छ। अन्य वन्यजन्तुले पनि त्यस्तै दुःख दिएका छन्', स्थानीयको गुनासो छ।

images

महोत्तरी- महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्। गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिंगर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन्।

images
images

अहिले पूर्वपश्चिम राजमार्गपर्ने जिल्लाको १८ किलोमिटर दुरीको दायाँबायाँ क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ। चैत दोस्रो साताअघिसम्म राजमार्गको दक्षिणतर्फ बढी देखिने डढेलो अहिले भने उत्तरतर्फको राष्ट्रिय वनक्षेत्रमा पनि फैलिएको स्थानीयले बताएका छन्।

images

बर्दिबास नगरपालिका-१० खयरमाराका प्रेमध्वज लामाले सर्लाहीसँग जोडिएको बाँके नदीवारीको राष्ट्रिय वनक्षेत्रमा पछिल्ला तीन दिनयता बढेको डढेलोले नजिकका बस्तीसमेत जोखिममा रहेको बताए। पछिल्ला तीन दिनयता सागरनाथ वन विकास परियोजनाको बर्दिवास-८ हात्तीलेट प्लट र राष्ट्रिय वनक्षेत्रको बाँके जंगलमा डढेलो बढेको उनले जानकारी दिए।

'बस्ती नजिकैको वनमा डढेलो छ, जतिखेर पनि आगोको लप्काले भेटाउँछ कि भन्ने त्रास छ। त्यसैले केही दिनदेखि निदाउन पनि सकिएको छैन', लामा भन्छन्, 'राजमार्ग उत्तर र दक्षिण दुवैतर्फ गरी वनसँग जोडिएका २० भन्दाबढी बस्तीका बासिन्दा अहिले त्रासमा छौँ।'

images

वन डढेलो बस्तीमा पस्नेमात्रै होइन नीलगाई, दुम्सी र हरिणसहितका वन्यजन्तु बस्तीमा पसेपछि दोहोरो त्रास बढेको बर्दिबास-१ की गृहिणी दीपा काफ्लेको भनाइ छ। 'वन क्षेत्र नजिकका बस्तीमा बाँदरको आतंक बढेपछि खेतबारीको अन्नपात, घर र आँगनका थाङ्रामा राखिएका मकै तथा अन्य खानेकुरा जोगाउनै हैरान छ। अन्य वन्यजन्तुले पनि त्यस्तै दुःख दिएका छन्', काफ्लेले गुनासो गरिन्।

गौशाला नगरपालिका-८ बेलगाछीका सामाजिक अभियन्ता मीन रहपालले डढेलोले बर्सेनी बहुमूल्य काठमा नोक्सानी हुनुका साथै बस्तीमा समेत क्षति पुर्‍याउँदै आएकाले डढेलो नियन्त्रणका लागि ठोस् योजना निर्माण र जानीजानी डढेलो लगाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्छन्।

डिभिजन वन कार्यालय महोत्तरीका वन अधिकृत सन्तोष झाले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण र त्यसको जोखम बस्तीमा पर्न नदिन प्रयत्न गरिरहेको बताए। रासस


प्रकाशित : बुधबार, वैशाख १२ २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend