शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

गाउँका सडकमा गुड्दैनन् मोटर

images
बुधबार, वैशाख १२ २०८१
images
images
गाउँका सडकमा गुड्दैनन् मोटर

धेरैको रोजाइ सहर बजार पर्न थालेपछि गाउँमा बस्नेको सङ्ख्या कम हुँदैछ। स्थानीय तहले हरेक बस्तीमा मोटर गाडी गुडाउने उद्देश्यले सडक निर्माण गरे पनि पछिल्लो समय धेरै सडक प्रयोगविहीन बन्दै गएका छन्।

images
images

बागलुङ- दिन प्रतिदिन गाउँबाट सहर झर्नेको सङ्ख्या बढ्दो छ। घरको आँगनमै विकास पुगे पनि बसाइँसराइ रोकिन सकेको छैन। स्थानीय तह स्थापना हुनुपूर्व बागलुङबाट अधिकांश गाउँमा मोटरबाटो पुगेको थिए। अहिले मोटरबाटो नपुगेको गाउँ छैन।

images
images
images

गाउँमा एउटा मात्रै होइन धेरै शाखा सडक खुलेका छन्। तर ती सडकमा गाडी भने चल्दैनन्। धेरैको रोजाइ सहर बजार पर्न थालेपछि गाउँमा बस्नेको सङ्ख्या कम हुँदैछ। स्थानीय तहले हरेक बस्तीमा मोटर गाडी गुडाउने उद्देश्यले सडक निर्माण गरे पनि पछिल्लो समय धेरै सडक प्रयोगविहीन बन्दै गएका छन्।

images
images

बागलुङमा सबैभन्दा धेरै बसाइँसराइ गर्ने पालिकामध्ये गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका पर्छन्। यी पालिकाका दूर दराजसम्मै सडक पुगेका छन्। पालिकाले जथाभावीरुपमा सडक खन्दा राज्यको करोडौँ खर्च भएको छ तर सडकमा गाडी नगुड्दा बालुवामा पानी जस्तै बनेको छ। स्थानीय तहले पहिलो वर्ष अत्यधिक बजेट सडक निर्माणमै लगाएका थिए। अहिले बल्ल अन्य क्षेत्रलाई समेटेर विकास गर्न थालेका छन्। अव्यवस्थित र बिनाइञ्जिनियरिङ खनिएका सडकले समयसमयमा समस्यासमेत निम्त्याइरहेका छन्।

images
images
images

निसीखोला गाउँपालिका-१ का विरु सुनारले नापचाँज नगरी खनिएका सडकले सिंगो गाउँनै पहिरोको जोखिममा परेको बताए। गाउँमा सडकको आवश्यकता भए पनि अव्यवस्थित ढंगले निर्माण गर्दा यहाँका झण्डै सय घर पहिरोको जोखिममा रहेको उनी बताउँछन्। एउटै गाउँमा चार वटाभन्दा बढी सकड निर्माण भए पनि अहिले एउटा मात्रै सञ्चालनमा रहेको सुनारको भनाइ छ। उक्त सडक पनि वर्षात्को चार महिना पूरै बन्द हुने उनले बताए।

सुनारले भने, 'सुरुमा गाउँमा सडक आउँदा निकै खुसी लागेको थियो, जब गाउँमा सडक आयो त्यसपछि गाउँलेको उठिबास लाग्न थाल्यो, कच्ची जग्गा, वर्षात्को समय ठाउँठाउँमा ठूलो पहिरो गाउँ दर्जनौँ घर जोखिममा परेका छन्, कतिपय त पहिरोले बगायो पनि, एउटा गाउँमा एउटा सडक भएहुन्थ्यो, तर धेरै सडक खनिएका छन्, हिउँदको समयमा एउटा सडक त जसोतसो चल्छ तर वर्षात्को समयमा कुनै पनि सडक चल्दैनन्।'

निसीखोलामा मात्रै होइन जिल्लाका १० वटै पालिकाका एउटा गाउँमा धेरै सडक खनिएका छन्। गाउँभरि खनिएका सडकले नागरिकलाई सुविधाको सट्टा समस्या पारिरहेको स्थानीय बलबहादुर पुनले बताए।

गाउँमा सडक आएपछि बजारबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्न र टाढा यात्रा गर्न सहज भए पनि वर्षात्को समय ज्यान जोगाउनै मुस्किल हुने उनको भनाइ छ। गाउँको मुख्य भागमा छ वटा सडकको नाका रहेको भन्दै उक्त सडकबाट बगेको भलले खेतीयोग्य जमिन र घर नै बगाइदिने जोखिम बढेको पुनले बताए। अहिले कुनै पनि सडक सञ्चालनमा नरहेको उनको भनाइ छ।

जिल्लाको मध्यभागमा पर्ने गलकोट नगरपालिकामा पनि अहिले धेरै सडक प्रयोगविहीन बन्दै गएका छन्। मध्यपहाडी लोकमार्गबाहेक यस पालिकामा चार सय ६० किलोमिटर कच्ची सडक रहेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले राससलाई जानकारी दिए।

नगरपालिकाको माथिल्लो भेगबाट मान्छे धेरै बसाइँसराइ गरेर बजार झरेपछि सडक सञ्चालन नभएको उनको भनाइ छ। नगरपालिकाले गाउँमै सबै प्रकारका सेवा सुविधा दिनेगरी काम गरिरहेको भन्दै उक्त सडकलाई कृषि सडकका रुपमा विकास गरिने उनी बताउँछन्।

'पहिले गाउँमा मान्छे थिए, उनीहरुको आवश्यकतालाई मध्यनजर गरी सडक निर्माण गरियो तर अहिले गाउँबाट धमाधम मान्छेहरु बजार झरिरहेका छन्, गाउँमै रोक्न प्रयास गरिरहेका छौँ', प्रवक्ता भण्डारीले भने, 'गाउँमा भएका ती सडकसँग कृषि र पशुपालनलाई जोड्नुपर्छ, कोही व्यवसायीले गाउँमा उद्यम गर्न चाह्यो भने यी सडक व्यापारिक सडकका रुपमा विकास हुन सक्छन्, नगरपालिकाले बसाइँसराइ रोक्न प्रयास पनि गरिरहेको छ।' रासस


प्रकाशित : बुधबार, वैशाख १२ २०८११५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend