बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १२ २०८१
images
कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

दुई देशबीच सञ्चार, खेलकुद, विज्ञान प्रविधि, उद्योग वाणिज्यलगायतका विषयमा सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज बुधबार भेटवार्ता भएको छ।

images
images
images

नेपाल भ्रमणमा रहेका कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता भएको हो।

images
images

भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।

images
images

द्विपक्षीय भेटवार्तामा नेपालकातर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतका मन्त्रीहरु सहभागी थिए।

भेटवार्तापछि दुई देशबीचका सञ्चार, खेलकुद, विज्ञान प्रविधि, उद्योग वाणिज्यलगायतका विषयमा सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका हुन्। 


प्रकाशित : बुधबार, वैशाख १२ २०८११२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend