शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

३२ करोड ५० लाखमा लुक्लामा बन्यो टर्मिनल भवनसहित हेलिप्याड 

images
शनिबार, पुस ३ २०७८
images
images
३२ करोड ५० लाखमा लुक्लामा बन्यो टर्मिनल भवनसहित हेलिप्याड 
images
images

काठमाडौं- सोलुखुम्बुको लुक्लामा ३२ करोड ५० लाख रुपैयाँको लगानीमा आधुनिक हेली टर्मिनल भवनसहित हेलिप्याड निर्माण सम्पन्न भएको छ।

images
images
images

२०७५ सालबाट निर्माण सुरु भएको टर्मिनल भवनसहितको हेलिप्याड निर्माणको काम सम्पन्न भएको विमानस्थल प्रमुख द्वारिका अछामीले बताए। हेलिप्याडको ‘सेफ्टी रिक्स एसिसमेन्ट’ गर्ने काम सुरु भएको छ। रिपोर्ट आएपछि सोहीअनुसार हेलिप्याड सञ्चालनमा ल्याइने उनको भनाइ छ।

१० रोपनी ४ आना जग्गामा एक तले टर्मिनल भवनसहित हेलिप्याड निर्माण भएको हो। टर्मिनल भवनसहितको हेलिप्याड निर्माणको काम कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिले गरेको हो।

images

२०७५ तिहारपछि निर्माण सुरु भएको हेलिप्याड १८ महिनामा काम सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख थियो। तर कोरोनाका कारण निर्माणमा केही समय ढिला भयो। 

images

हेलिप्याडबाट एक पटकमा ७ वटासम्म हेलिकोप्टरको उडान तथा अवतरण गर्न सकिने भएको छ। नयाँ हेलिप्याड आएसँगै सञ्चालनमा रहेको हेलिप्याडमा गरी १५ वटासम्म हेलिकोप्टर पार्किङ गर्न सकिने भएको छ। 

solu heli.jpg

हेलिप्याडमा पनि पर्यटकीय तथा बढी हेली मुभमेन्ट हुने समयमा १० वटासम्म एकै पटकमा एकले अर्कोलाई अवरोध नगर्ने गरी हेलिकोप्टर उडान तथा अवतरण गर्न सकिने विमानस्थल कार्यालयको भनाइ छ।

धेरै पहिले लुक्लामा निर्माण भएको हेलिप्याडमा हवाई मुभमेन्ट बढेसँगै उडान तथा अवतरणमा समस्या उत्पन्न भएको थियो। 

प्राधिकरणले लुक्लामा बढ्दो हेलिकोप्टर मुभमेन्टको व्यवस्थापनसँगै सेफ्टीलाई समेत हेरेर आधुनिक टर्मिनल भवनसहित हेलिप्याड निर्माण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।

नयाँ हेलिप्याड र टर्मिनल भवन सञ्चालनमा आएसँगै हेलिकोप्टरको उडान व्यवस्थित बनाउँदै धेरैभन्दा धेरै हेलिकोप्टरको सेवा विस्तारमा समेत सहयोग पुग्ने भएको छ।

पछिल्लो समय सगरमाथा आरोहणमा जाने पर्यटक तथा एभरेष्ट ट्रेकिङमा जाने पर्यटकको उद्धारमा लुक्लालाई केन्द्र बनाएर उडान गर्ने हेलिकोप्टरको संख्या बढ्दो छ।

हाल नेपालमा एक दर्जन जति एयर कम्पनीले हेलिकोप्टर सेवा प्रदान गर्दै आएका छन्। केही नयाँ थपिने क्रममा छन्। सञ्चालनमा रहेका हेलिकप्टरको संख्या ४० भन्दा बढी भइसेको छ।

अहिले श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, एयर डाइनेस्टी, माउन्टेन एयर, मनाङ एयर, अल्टिच्युट एयर, हेली एभरेष्ट, भीआइपी, कैलाश हेलिकोप्टर, प्रभु, मुस्ताङ हेलिकोप्टर कम्पनीले हेली सेवा दिँदै आएका छन्।


प्रकाशित : शनिबार, पुस ३ २०७८१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend