बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु

images
बुधबार, वैशाख १२ २०८१
images
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु

विनियोजित दुई करोड २० लाख रूपैयाँबाट ती योजना सुरु भएका हुन्। निर्माण सुरु गरिएकामध्ये तीन वटा क्रमागत र बाँकी योजना नयाँ हुन्।

images
images

गोदावरी- कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम सुरु भएको छ। कृषकको खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउन वडा नं ३, ४, ५, ६ र ७ मा सिँचाइ योजनाको काम सुरु गरिएको हो।

images
images
images

खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्न खेतीयोग्य जमिनमा सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ।

images
images

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र संघ सशर्त अनुदानबाट विनियोजित दुई करोड २० लाख रूपैयाँबाट ती योजना सुरु भएको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर अमरबहादुर पालले जानकारी दिए।

images
images

सिँचाइ कार्यालयका अनुसार पट्रेनी सिँचाइ योजनामा २५ लाख रूपैयाँ, बडापानीमा १५ लाख, आमखोलामा १५ लाख, मौतोलीमा १५ लाख, माथिल्लो बारेगडामा २० लाख, बागेरवामा २० लाख, पटघारीमा २५ लाख, ओखडेको कोटमा २० लाख र अप्रीखोलामा २५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यसैगरी मोहन्याल गाउँपालिका-३ मा एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत संघ सशर्त अनुदानमार्फत रागमलेखा लिफ्ट सिँचाइ योजनाका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको कार्यालय प्रमुख पालले बताए। सो योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइ कार्यान्वयनको चरणमा रहेको छ।

खाद्यबाली, तरकारी र फलफूलखेतीको सम्भावना बोकेको मोहन्यालका किसानले सिँचाइ अभावका कारण आकाशे पानीका भरमा खेती गर्दै आएका थिए। सिँचाइ योजना सम्पन्न भएपछि सधैँका लागि समस्या समाधान हुने स्थानीय टेकेन्द्र बोगटीले बताए।

निर्माण सुरु गरिएका योजनामध्ये तीन वटा क्रमागत र बाँकी योजना नयाँ हुन्। रासस


प्रकाशित : बुधबार, वैशाख १२ २०८११२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend