शनिबार, साउन १२ गते २०८१    
images
images
images

सीएफ मोटो र जीहोका मोटरसाइकल तथा स्कुटर सार्वजनिक

images
बुधबार, वैशाख १२ २०८१
images
images
सीएफ मोटो र जीहोका मोटरसाइकल तथा स्कुटर सार्वजनिक

सन् १९८९ मा स्थापित सीएफ मोटो हाल १ सयभन्दा बढी देश र ३ हजारभन्दा बढी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्ने थ्रीएस शोरुम रहेको छ।

images

काठमाडौं- सीएफ मोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स समूहअन्तर्गतको ऋषि ट्रेड सेन्टरले  मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेको छ।

images
images

३५ वर्षको अनुभव बटुलेको सीएफ मोटो  ब्रान्डका र सीएफ मोटोअन्तर्गत ईभी ब्रान्ड जीहोका नयाँ मोडल सार्वजनिक भएको हो। यसअन्तर्गत सीएफ मोटोका एनके २५० फन, एसआर २५० फन र एनके ४५० मोडलहरु रहेका छन्। त्यस्तै जीहोको एई सिक्स प्लस र एई सिक्स प्लस लङ रेन्ज मोडलका विद्युतीय स्कुटर र सिटी स्पोर्टस नामक विद्युतीय मोटरसाइकल रहेका छन्।

images

उद्घाटन कार्यक्रम झम्सिखेलको नयाँ सीएफ मोटो र जीहोको शोरुममा भएको थियो र यस कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ ललितपुर महानगरपालिकाका अध्यक्ष गोपाल महर्जन र ललितपुर महानगरपालिकाका नगर प्रहरी बल प्रमुख सीताराम हाछेथु, रिलायन्स ग्रुप नेपालका निर्देशक ऋषि अग्रवाल, सीएफ मोटोका ग्लोबल सेल्स म्यानेजर ज्याक झाङ र ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्ज्वल जोशीलगायतको उपस्थिति थियो।

सन् १९८९ मा स्थापित यस सीएफ मोटो हाल १ सयभन्दा बढी देश र ३ हजारभन्दा बढी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्ने थ्रीएस शोरुम रहेको छ। डिजाइनिङ, उत्पादन तथा आफ्नै आरएन्डडीमार्फत विश्वभर आफ्ना ग्राहक तथा डिलहरहरु माझ लोकप्रिय रहँदै आएको छ। 

images

सीएफ मोटो ब्रान्डले ईभी उद्योगमा आफ्नो सेवा विस्तार गर्नको निमित्त भित्र्याएको जीहो ब्रान्डका विद्युतीय स्कुटर तथा बाइकले छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल रहेको देखिन्छ।

नेपालमा यी ब्रान्ड ऋषि ट्रेड सेन्टरले आफ्नो पूर्ण व्यवस्थापनको साथ गत वर्ष सञ्चालनमा ल्याएको थियो। त्यससँगै सीएफ मोटो ब्रान्ड र यस अन्तर्गतको जीहो ईभीले समेत राम्रो रफ्तार लिएको कम्पनीको भनाइ छ।

कार्यक्रममा ग्रुपका निर्देशक ऋषि अग्रवालले सीएफ मोटो र जीहो ब्रान्डका साथ नोपाली बाइक तथा स्कुटर पारखीहरुलाई दुवै प्रकारको साधनका साथ सेवालाई अझ फराकिलो रुपमा विस्तार गर्न लागि परेको बताए। उनले आन्तरिक र बाह्रय पर्यटनमा विशेष योगदान बाइकको रहने र विद्युतीय मोबिलिटीमार्फत स्वच्छ वतावरणप्रति हरेक नागरिकमा रहेको जिम्मेवारीलाई व्यवहारमा उतार्नको निमित्त दुवै ब्रान्ड सदैव साथ रहने विश्वास दिलाए।

रिलायन्स ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वको लक्ष्यका साथ ललितपुर महानगरपालिकाअन्तर्गतको नगरप्रहरी बललाई जीहो एई सिक्स प्लस विद्युतीय स्कुटर हस्तान्तरण गरिएको थियो।

ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक जोशीले उत्सुकतापूर्वक प्रतिक्षा गरिएको सीएफ मोटोका उच्चत्तम कार्य क्षमता र आकर्षक डिजाइनका थप दुई मोडलहरू चाँडै नेपाल बजारमा सार्वजनिक गर्ने योजना रहेको घोषणा गरे। साथै सीएफ मोटो र जीहोका मोटरसाइकल र स्कुटर प्रति ग्राहकको माया र विश्वासलाई निरन्तर रुपमा अधि बढाउन, कम्पनीले बिक्री तथा बिक्री पछिको सेवा चुस्त र दुरुस्त बनाउने कुरामा सधैं लागिपर्ने विश्वास व्यक्त गरे।

नयाँ सीएफ मोटो बाइकहरूमा २ सय ५० एनके फनको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ २५० एसआर फनको ६ लाख ७४ हजार ९ सय रुपैयाँ र ४ सय ५० एनकेको ११ लाख १९ हजार 9 सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

त्यस्तै जीहोको एई सिक्स प्लसको मूल्य ३ लाख ४४ हजार ९ सय, एई सिक्स प्लस लङ रेन्जको मूल्य ३ लाख ९४ हजार ९ सय र सिटी स्पाेर्टस विद्युतीय बाइकको मूल्य ३ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै कम्पनीले प्रि बुकिङ पनि खुल्ला गरेको छ। 


प्रकाशित : बुधबार, वैशाख १२ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend