बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

४० करोड ८० लाख लागतमा थालियो तनहुँको पराशर मार्गमा कालोपत्र

images
बुधबार, वैशाख १२ २०८१
images
४० करोड ८० लाख लागतमा थालियो तनहुँको पराशर मार्गमा कालोपत्र

४० करोड ८० लाख रूपैयाँमा बीकेएचटीडीसीएल-एसीपीएल जेभी काठमाडौंले ठेक्का पाएर निर्माण थालेको छ।

images
images

तनहुँ- व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न सुरु भएको छ।

images
images
images

आयोजना निर्माणका लागि बीकेएचटीडीसीएल-एसीपीएल जेभी काठमाडौंले टेन्डर प्रक्रिया पूरा गरी निर्माण थालिएको हो।

images
images

पराशर मार्गअन्तर्गत पर्ने (बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अँधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती) १० किलोमिटर कालोपत्र गरिनेछ।

images
images

विश्व बैंकको अनुदान सहयोगमा व्यास-७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए।

मूल्य अभिवृद्धि कर (भ्याट)सहित ४० करोड ८० लाख रूपैयाँमा उक्त निर्माण कम्पनीले ठेक्का पाएको छ। विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ।

उक्त योजनाबाट बाँकी रहेको करिब २२ करोड रूपैयाँ रकम अर्को प्राथमिकताको योजनामा लगानी गर्न सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने कार्यपालिका बैठकले निर्णय गरेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको हो। उनका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकनपश्चात् उक्त आयोजना छनोट गरेको हो।

छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेन्डर प्रक्रियाअघि बढाएको थियो। रासस


प्रकाशित : बुधबार, वैशाख १२ २०८१११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend