बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

विद्युत खपत बढाउने सन्देशसहित ईभी र्‍याली गरेर सुरु भयो हिमालयन हाइड्रो एक्स्पो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १२ २०८१
images
विद्युत खपत बढाउने सन्देशसहित ईभी र्‍याली गरेर सुरु भयो हिमालयन हाइड्रो एक्स्पो

‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्‍यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ’

images
images

काठमाडौं- विद्युतीय सवारी (ईभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देशसहित सुरुवात गरिएको हो।

images
images
images

र्‍यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन्। चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सुरुवात अघि बिहान विद्युतीय सवारी प्रर्वद्धन र विद्युत खपत बढाउने सन्देश दिँदै ईभी र्‍याली आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

images
images

उद्घाटनका अवसरमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे।

images
images

‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्‍यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ’ उनले भने।

हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतले विश्वास व्यक्त गरे।

ktm road car ev gadi (1).jpg

इप्पान अध्यक्ष गणेश कार्कीले हाम्रो बिजुली हामी आफै खपत गरौं भन्ने  उद्देश्यले ईभी र्‍याली आयोजना गरेको बताए । सरकारे सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्याली आयोजना गरेर प्रर्वद्धन गर्नुपर्ने बताए। 

‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ । यसलाई सार्थक बनाउन पनि ईभी र्‍यालीले सहयोग गर्छ’ उनले भने।

एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक बिजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरणमैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए।

ktm road car ev gadi (2).jpg

हाइड्रो एक्स्पोको सुरुवात अघि भएको र्‍याली  कमलादीको स्काई वाक टावरबाट सुरु भइ सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटी मण्डपमा गएर समापन भएको थियो। र्‍यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए।

एक्स्पोमा पहिलो दिन ३ वटा प्राविधिक सत्रहरु आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको उद्घाटन गर्नेछन्। 

ktm road car ev gadi (3).jpg


प्रकाशित : बुधबार, वैशाख १२ २०८११०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend