मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा नेचासल्यानमा पाँच घर जले, ५३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १२ २०८१
images
images
जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा नेचासल्यानमा पाँच घर जले, ५३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान

'खरबारीबाट सल्किएको आगो जंगलमा प्रवेश गरेको रहेछ, प्रहरी र स्थानीयले निभाउने प्रयत्न गर्दा नजिकैको बस्तीमा प्रवेश गरेर घटना हुन पुग्यो'

images
images

सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ देउपुजेको जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्। 

images
images
images

गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको  डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक/एक वटा घर आगोले जलेर नष्ट भएको हो। 

images
images

आगलागीबाट ५३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। धनेश्वर राई र निजका छोरा शक्ति राईको छुट्टाछुट्टै घर जल्दा उनीहरूको  तीन तोला सुन, १५ तोला चाँदी नष्ट हुँदा २३ लाख, केशव राई र मकरबहादुर राईको नगद एक लाख ८० हजार नगदसहित अन्य सामग्री जल्दा २० लाख र कविर राईको घर र त्यहाँ रहेको सबै सामान जल्दा १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताए। 

images
images
images

उनले भने, 'खरबारीबाट सल्किएको आगो जंगलमा प्रवेश गरेको रहेछ, प्रहरी र स्थानीयले निभाउने प्रयत्न गर्दा नजिकैको बस्तीमा प्रवेश गरेर घटना हुन पुग्यो, कतिपय घर खरको छानो भएकाले आगो निभाउन कठिनाइ भयो, अन्ततः बस्तीको आगो निभाइयो तर वनको आगो निभाउन सकिएको छैन।' 

स्थानीयको खरबारीमा सल्किएको आगो वन क्षेत्रमा फैलिएको प्रहरीले जनाएको छ। वनमा लागेको डढेलो नियन्त्रणको प्रयास हुँदाहुँदै हावाको वेगका कारण एक्कासी बस्तीमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।

घरमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सोलु दुधकुण्ड नगरपालिकाको दमकल र नगर प्रहरीलगायत निकायको प्रयासमा आगो निभाइएको उनले बताए। रासस 


प्रकाशित : बुधबार, वैशाख १२ २०८११०:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend