गण्डकी- रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्षित तालिम सञ्चालन गरेको छ।
‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले सिलाइ कटाइ तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए।
बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यल तालिम सञ्चालन गरिएको उनले बताए। तालिममा ४५ जना युवायुवती सहभागी छन्।
सिलाइ कटाइ तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र लोकसेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ।