शनिबार, साउन १२ गते २०८१    
images
images
images

विद्युतीय कार बिक्री बढ्दै छ तर प्रतिस्पर्धी मूल्यमा केन्द्रित : आईईए

images
बुधबार, वैशाख १२ २०८१
images
images
विद्युतीय कार बिक्री बढ्दै छ तर प्रतिस्पर्धी मूल्यमा केन्द्रित : आईईए

विश्वभर २०२४ मा बिक्री हुने अनुमान गरिएको १ करोड ७० लाख विद्युतीय सवारीमध्ये १ करोड चीनमै बिक्री हुने अनुमान छ।

images

काठमाडौं- आर्थिक संकुचनका बाबजुत अधिकांश देशमा २०२४ मा पनि विद्युतीय सवारीको बिक्री उत्साहजनक नै छ। जुन सूचीमा नेपाल पनि पर्छ।

images
images

विगत दुई वर्षदेखि नेपाली अर्थतन्त्रले गति लिन सकिरहेको छैन। तथापी विद्युतीय सवारीमा बिक्री बढिरहेको छ। 

images

नेपालको जस्तै ट्रेन्ड विश्वका धेरै देशमा रहेको इन्टरनेसनल इनर्जी एजेन्सी (आईईए) ले मंगलबार सार्वजनिक गरेको प्रक्षोपणमा उल्लेख छ। यसका बीच विद्युतीय सवारीको बिक्री वृद्धि अपेक्षाकृत कायम रहन मूल्य आईसी इन्जिन समान हुनुपर्ने र चार्जिङ पूर्वाधारको विकास हुनुपर्ने आईईएले जनाएको छ। 

२०२४ मा विश्वभर १ करोड ७० लाख विद्युतीय कार बिक्री हुने अनुमान आईईएले गरेको छ। २०२३ मा विश्वभर १ करोड ४० लाख विद्युतीय सवारी बिक्री भएको थियो। २०२४ मा बिक्री हुने हरेक ५ कारमा एक विद्युतीय कार हुनेसमेत प्रक्षेपण गरिएको छ। 

images

विद्युतीय सवारीको बिक्री बढ्दै गएकाले सडक यातायातको क्षेत्रबाट हुने इन्धनको माग कम हुँदै गइरहेको आईईएको भनाइ छ। विश्वभर २०२४ मा बिक्री हुने अनुमान गरिएको १ करोड ७० लाख विद्युतीय सवारीमध्ये १ करोड चीनमै बिक्री हुने अनुमान छ। 

‘विद्युतीय गाडीमा कम मार्जिन, ब्याट्री कच्चा पदार्थको मूल्य लतमाथि भइरहनु, उच्च मूल्य वृद्धि र केही देशमा सहुलियत कम हुँदै जानुले ईभी उद्योगमा धेरैको चासो बढी रहेको छ,’ आईइएको ग्लोबल इलेक्ट्रिक भेहिकल आउटलुकमा भनेको छ, ‘तर विश्वभर विद्युतीय सवारी बिक्रीको तथ्यांक भने बलियो रुपमा बढ्दै गइरहेको छ।’ 

२०२३ को तुलनामा २०२४ को पहिलो क्वाटरमा विश्वभर विद्युतीय सवारी बिक्री २५ प्रतिशतले वृद्धि भएको रोयटर्सले लेखेको छ। यो वृद्धि २०२२ कोभन्दा बढ्न भने सकेको छैन, स्थिर नै रहेको आईईएले भनेको छ। 

विद्युतीय कारको स्वीकार्यता वा खरिद गर्ने ट्रोन्ड बढ्दो नै छ। २०२४ मा अमेरिकामा हरेक ९ कारमा १ ईभी, युरोपमा ४ कारमा १ ईभी र चीनमा कुल कारमा आधार ईभी बिक्री हुने अनुमान आईईएले गरेको छ। 

यता नेपालमा २०२३ को तथ्यांकअनुसार कुल सवारीमा ईभी बिक्रीको हिस्सा ५७ प्रतिशत पुगेको छ। २०२४ मा यो तथ्यांक बढ्ने अनुमान गरिएको छ। 

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको छ। सोही कारण विद्युतीय सवारीमा सहुलियत दिइएको छ। मुख्यतः वातावरण प्रदूषण कम होस् र स्वदेशमै उत्पान भएको हरित उर्जा विद्युत प्रयोग हुने भएकाले विद्युतीय सवारीलाई प्राथमिकता दिइएको हो। 

२०२३ मा नेपालामा ११ हजार ८ सय ७२ वटा प्यासेन्जर कार बिक्री भएको तथ्यांक छ। त्यसमध्ये विद्युतीय कारको संख्या ६ हजार ७ सय ६१ वटा छ।

त्यस्तै २०२२ मा कुल १० हजार २ सय ९३ वटा प्यासेन्जर कार बिक्री भएकोमा विद्युतीय कार २ हजार २ सय ४० वटा बिक्री भएको थियो।

२०२२ मा बिक्री भएका कुल कारमा विद्युतीय कारको हिस्सा करिब २२ प्रतिशत थियो। २०२३ मा पुग्दा त्यो बढेर प्यासेन्जर कारमा विद्युतीय कारको हिस्सा ५७ प्रतिशत पुगेको हो। २०२४ को २ महिनाको मात्र तथ्यांक हेर्ने हो भने विद्युतीय कारको हिस्सा करिब ६५ प्रतिशत पुगिसकेको छ। 

विद्युतीय कारको बिक्री बढ्दै जाँदा सरकार भने कर बढाउनमै उद्दत देखिन्छ। विद्युतीय कार प्रबर्द्धन लागि संसारभरका देशहरूबाट सरकारले ‘ग्रिन फण्ड’को रकम ल्याउन सक्छ।

दुबईमा २०२३ को अन्त्यतिर भएको ‘कोप २८’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका थिए। तर उक्त अन्तर्राष्ट्रिय फोरममा यसबारे प्रधानमन्त्री दाहालले कुनै कुरा उल्लेख गरेनन्। तथ्यांकसहित यस्ता कुरा प्रस्तुत गर्न सकेको भए ग्रिन फण्डबाट उल्लेख्य रकम ल्याउन सक्थ्यो। 

ईभी स्वीकार्यतामा सबैभन्दा अगाडि युरोपेली मुलुकहरू छन्। नर्वेमा हाल दर्ता हुने नयाँ कारमा विद्युतीयको हिस्सा करिब ९० प्रतिशत पुगेको छ। त्यस्तै दोस्रो स्थानमा आइसल्यान्ड छ भने त्यहाँ नयाँ दर्ता हुने कारमा विद्युतीयको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। 

यो हिसाबमा तेस्रो स्थानमा नेपाल रहेको छ। २०२३ मा नेपाल भित्रिएको कुल सवारीमा विद्युतीयको हिस्सा ५७ प्रतिशत रहेको छ।

त्यस्तै चौथो स्थानमा स्वीडेन ५० प्रतिशत, पाँचौ स्थानमा डेनमार्क, छैटौँ स्थानमा फिनल्यान्ड, सातौँ स्थानमा नेदरल्यान्ड, आठौँमा जर्मनी, नवौँ स्थानमा चीन र दशौँ स्थानमा बेल्जियम रहेको छ।


प्रकाशित : बुधबार, वैशाख १२ २०८१०९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend