शनिबार, साउन १२ गते २०८१    
images
images
images

साताभर प्रचण्डको अभिव्यक्तिले तरङ्‍‍गित सेयर बजारमा अबको साता के होला?

images
शनिबार, पुस ३ २०७८
images
images
साताभर प्रचण्डको अभिव्यक्तिले तरङ्‍‍गित सेयर बजारमा अबको साता के होला?
images

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञान नभएको विषयमा विज्ञता देखाउँदै कार्यकर्ता प्रशिक्षण शैलीमा सेयर बजारबारे बोलिदिँदा गएको साताभर सेयर बजार तरङ्‍‍गित भइरह्यो। 

images
images

प्रचण्डले अघिल्लो साता शनिबार सेयर बजारको विषयमा अनावश्यक टिपणी गरेका थिए। पछिल्लो समय सेयर बजार लगातार घट्न थालेपछि खासगरी अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सेयर लगानीकर्ताहरू खनिन थालेका थिए। लगानीकर्ताहरूले दवाव समूह नै खडा गरेर पुँजी बजार विरोधीलाई आगामी चुनावमा ‘नो भोट’ अभियान चलाउने घोषणा गरेका थिए।

images

जब अर्थमन्त्री शर्मा र माओवादी पार्टीलाई नो भोट अभियान सुरु हुने सामाजिक सञ्जालमा हल्ला चल्यो त्यसपछि अध्यक्ष प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादको नयाँ स्वरुप भएको अभिव्यक्ति दिए।

त्यसको विरोध सर्वत्र भयो। विरोधसँगै साताको पहिलो दिन नै सेयर बजार ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा झर्‍यो। ७२ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १९ करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो।

images

प्रचण्डको अभिव्यक्तिलाई लिएर विश्लेषकहरूले पनि सरकारले बजारलाई नकारात्मक रुपमा लिएको विश्लेषण गर्न थाले। उनको अभिव्यक्तिलाई लिएर विरोध बढ्ने क्रम नरोकिएपछि उनले फेरि पनि आफूहरू साना लगानीकर्ताको पक्षमा रहे पनि सेयर बजार साम्राज्यवादकै विकसित स्वरुप भएको भन्दै सोमबारसमेत अभिव्यक्ति दिए। त्यसको प्रत्यक्ष असर बजारमा देखियो।

प्रचण्डको अभिव्यक्तिले सोमबार कारोबार सुरु भएको दुई घण्टामै १०० अंकले बजार घटेको थियो। सोमबार दुई घण्टामै बजार १००.६१ अंकले घटेर २२६०.६३ अंकमा आइपुगेको थियो। तर सेयर लगानीकर्ताको तारोमा माओवादी पार्टीलाई पार्न थालेपछि अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारप्रति आफू सधैँ सकारात्मक भएको अभिव्यक्ति दिए। त्योसँगै १०० अंकले घटेको बजार पुनः सम्हालिन थाल्यो। सोमबारको बजार अन्तिममा ७९.२३ अंकले घटेर बन्द भएको थियो।

तर, साताको तेस्रो दिन मंगलबार बजार ६ प्रतिशतको सकारात्म सर्किटसँगै बन्द भन्यो। मंगलबार १३७.१८ अंकले बजार बढेर २४१८.८५ बिन्दुमा पुगेको थियो। मंगलबार १८८ कम्‍पनी सबैमा हरियाली छाएको छ। जहाँ १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको थियो।

साताको कारोबारमा बुधबार बजार उत्तरचढावकै बीच रोकियो। मंगलबार सकारात्मक सर्किट लागेको बजार बुधबार ४.२३ अंकले घटेर २४१४.६२ बिन्दुमा रोकिएको थियो। बुधबार ४ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो।

बु्धबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले सेयर लगानीकर्ताबाट चन्दा नआएपछि सेयर बजारको विषयमा नकारातमक अभिव्यक्ति दिएको प्रतिक्रिया दिएका थिए।

प्रचण्डको भनाइको कटाक्ष गर्दै ओलीले प्रचण्डलाई अस्थिरताका संवाहक भएको भन्दै सेयर बजारबारेको अभिव्यक्ति पनि त्यसको अंग भएको बताएका थिए। ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले सेयर लगानीकर्ताले चन्दा नदिएपछि ध्वस्त पार्न त्यस्तो बोलेको’ भन्दै ओलीले आरोप लगाएका थिए।

ओलीको आरोपसँगै पुनः प्रचण्डले बिहीबार बिहान विज्ञप्ति जारीगरि मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणी भनेका छन्। प्रचण्डले विज्ञप्तीमा पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबीसमेत गरेका थिए। उनले आफूहरू सानो लगानीकर्ताको पक्षमै रहेको दाबी गरे।

उनको अभिव्यक्तिसँगै पुनः बिहीबार बजार घट्यो। साताको कारोबारको अन्तिम दिन बिहीबार ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा पुगेको छ। बिहीबार २ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। अघिल्लो साताको अन्मित दिने बजार ५.८४ अंकले घटेर २४४९.९७ बिन्दुमा रोकिएको छ। सम्रगमा बजार गएको साता ७३.२३ ले घटेको हो।

सेयर बजार साम्राज्यवादको स्वरूप भएको भन्दै बिहीबार बिहानै तेस्रो पटक प्रचण्डले आफ्नो भनाइ दोहोर्‍याएका थिए। जसको असर सेयर बजारमा देखियो। बिहीबार सबै समूहको सूचक घट्यो। 

गएको साता बजार प्रचण्डकै अभिव्यक्तिमा तरङ्‍गित रहयो। बजार आगामी सातामा पनि ठूलो उत्तरचढाव नआउने विश्लेषकहरू बताउँछन्। केही दिन बजार थोरै अंक कहिले माथि र कहिले तल रहने विश्लेषकरुको दाबी छ।

प्रचण्डको अभिव्यक्तिले खासै बजारमा असर नपार्ने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन्। प्रचण्डकै भनाईको आधारमा बजार घटने ठाउँ नरहेको सेयर विश्लेषकहरूको भनाइ छ।

‘बजार जति घट्ने हो घटिसकेको थियो,’ विश्लेषक विष्णु बस्याललले भने, ‘२३७० भन्दा बजार तल जाने अवस्था नै थिएन। राजनीति रुपबाट नै बजारलाई नकारात्मक प्रभाव पार्ने गरी केही अभिव्यक्ति दिँदा समस्या आएको हो।’

के भन्छन् विश्लेषक?

विष्णु बस्याल

सेयर बजार उच्च अंकबाट तर झर्न थालेको धेरै लामो भइसकेको छ। भदौ २ गते ३१९९ अंकमा कारोबार पुगेको थियो। त्यसयता ९१६ अंकले बजार घटिसकेको छ।

अहिले सेयर बजारमा मात्रै हैन अर्थतन्त्रमा नै संकट देखिएको छ। अर्थतन्त्रमा वित्तीय तरलताको समस्या देखिएको छ। बैंकहरूमा पैसाको अभाव छ। लगानीयोग्य पैसा नहुँदा ऋण विस्तार रोकिएको छ।

तरलता अभावको समस्या सम्बोधन हुँदै जाने आशा गरिए पनि दिनप्रतिदिन झन बढ्दै छ। यसको समस्या समाधान हुने भनेको राजनीतिक तवरबाट नै हो।

यो विषयको मुख्य जिम्मेवार अर्थमन्त्री हो। अर्थमन्त्रीले नै यसको समाधान खोज्नु पर्ने हो। सुधारका लागि आवश्यक कदममा केही नसोच्ने देखिएको छ। त्यसमा पनि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र ९नेकपा० का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले नकारात्मक धारणा दिँदै आउनु भएको छ। बजारमा पहिलेदेखि नै नकारात्मक सन्देश प्रचार गर्नेहरूको हावी थियो।

यसले झन नकारात्मक प्रचारमा सहयोग पुगेको छ। प्रचण्डले आगोमा घ्यू थप्ने काम गर्नु भएको छ। राजनीतिक तहमा बसेका व्यक्तिहरूले के कुरामा ध्यान दिनु पर्छ भने पुँजी बजारमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कति जनता जोडिएका छन् भने ख्याल गर्नु पर्छ।

अहिले प्रत्यक्ष रुपमै बजारमा २५ लाखको हाराहारीको जनसंख्या जोडिएको छ। अप्रत्यक्ष लाग्नेसम्मलाई हेर्ने हो भने ५० लाखभन्दा बढी भइसकेको छ। 

तिनीहरूले समेत प्रभावित पार्न सक्ने जनसंख्यालाई समेत हेर्ने हो भने १ करोडको पुग्छ। यो जनमतलाई धुलमुलाउने काम भइरहेको छ। जुन समस्या हो त्यसलाई सम्बोधन गर्नुको सट्टा नकारात्मक प्रचारमा घ्यू थप्ने काम भएको छ।

यसले गर्दा पनि बजारमा समस्या आएको छ। सम्रगमा सेयर बजार मात्रै नभएर हाम्रो अर्थतन्त्रमा नै असर पार्दै गएको छ। सेयर बजार त एउटा अर्थतन्त्रको मेरुदण्ड मात्रै हो। अर्थतन्त्रलाई सुधार गर्ने खालको कुनै पनि कदमहरू राजनीतिक तवरबाट उठाइँदैन भने चुनावमा समेत प्रभाव पार्न सक्छ।

यो विषयलाई गम्भीर रुपमा बुझ्नु पर्छ। बजारमा जोडिएका लगानीकर्ता पहिले २र४ लाख मात्रै थिए। अहिले त्यो छैन। बढेको लगानीकर्ताको वर्गलाई जिस्काउन खोज्नु भनेको राजनीति गर्नेहरूलाई नै बोझ हुन सक्छ।

तर बजार जसरी पनि बढ्ने हो। बुलिस ट्रेण्ड सकिएको छैन। तर बढनुभन्दा पहिले ड्यामेज कति गर्छ भने विषय ठूलो हो। निकै नै ड्यामेज हुने गरी घट्ने अवस्था आयो भने विकराल समस्या उत्पन्न हुन्छ।

अब सेयर बजारबाट अब ९र१० वर्ष प्रतिशत मात्रै घट्ने हो पनि पछि प्रवेश गरेका साना लगानीकर्ता विस्थापित नै हुने अवस्था आउँछ। साना लगानीकर्ताले थोरै थोरै गरेर संकलन गरेको पैसा सेयरमा लगानी गरेका छन्। राजनीतिक कारणले बजार घट्यो भने साना लगानीकर्ताको उठिवास लाग्ने अवस्था आउन सक्छ। यसमा अर्थमन्त्री जिम्मेवार हुनै पर्छ।

जुन आशाले कमाउनका लागि बजार प्रवेश गरेको थिए उनीहरू सबैको आशा मर्नेछ। विस्थापित भएका लगानीकर्ताले दोष त सरकारमाथि नै थुपार्ने हो।

हुन त प्राविधिक रुपमा बजारलाई हेर्दा २२ सय भन्दा तल बजार जाँदैन। २२ सयको बिन्दुमा राम्रो सपोर्ट देखाएको छ। २२ सयभन्दा तल आउँदा पनि इन्ट्रा डे मात्रै आउने हो। बजार बन्द हुँदा २२ सय अंकभन्दा तल झर्दैन।

छोटेलाल रौनियार

सेयर बजारमा खास अहिले घट्ने ठाउँ नै देखिएको छैन। यस्तोमा पनि बजार किन घटिरहेको छ भनेर हामी पनि चकित भएका छौँ। सबै बुझेर हेर्दा अहिले बजारमा तीनरचार वटा विषयले प्रभाव पारेको देखिन्छ। केही ठूला लगानीकर्ताले सेयर बजारमा चलखेल गरिरहेका कारण पनि अहिलेको अवस्था देखिएको छ।

एउटा त ४/१२ करोडको सेयर धितो कर्जाको सीमाकै कारण पनि हो। लगानीकर्तामा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको नयाँ व्यवस्थाले बजारमा प्रभाव पारेको कारण त्यो सीमा परिमार्जन होला भन्ने आँकलन थियो। तर समीक्षापछि पनि त्यसो भएन। जसका कारण लगानीकर्तामा नकारात्मक असर पर्‍यो।

फेरि अर्को विषय ब्याजदर बढ्ला कि भने शंका थियो र त्यो शंका अझै पनि छ। तरलता अभावका कारण नै ब्याजदर बढ्ने डर बाँकी नै भएको हो।

यसबाहेक पनि ब्रोकर तथा केही ठूलाबडा लगानीकर्ताहरूले नकारात्मक असर पुग्ने हल्लाहरू फैलाए। लोभलालच भएका लगानीकर्ताले नकारात्मक प्रचार बढी गरेका छन्। बजार घटाएपछि किन्न पाउने देखेर नकारात्मक विषयको बढी प्रचारमा उनीहरू लागे। कतिपयले बजार बढेको बेला बेचेर बसका थिए।

केही मिडियामा नकारात्कम समाचार आउने, केहीमा त डिपोजिट बढ्यो अब तरलता अभाव कम हुँदै जान्छ र ब्याजदर पनि बढ्दैन भनेर आइरहेको छ। यस्ता कुराहरूले बजारलाई असर गर्छ।

राष्ट्र बैंकका गभर्नरले पनि ब्याजदर बढ्न दिँदैनौँ भनेका छन्। तरलता अभाव सम्बोधन हुँदै जान्छ र बढ्दैन भनिरहेका छन्। सकारात्मक विषयभन्दा नकारात्मक विषय छिटो फैलिन्छ। नकारात्मक सूचना बढी आउँदा पनि बजारमा समस्या देखिएको हो।

अहिले बैंक तथा वित्तिय संस्थाहरूको धमाधम लाभांश बुक गर्ने समयमा सेयर बजारमा उत्साह हुनुपर्ने हो। बजारमा अहिले भनेको बालिनाली भित्र्याउने समय भए पनि नकारात्मक प्रचारका कारण सुधार आउन नसकेको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट आउँदा सबैको राम्रो नै आएको छ। अहिले पुँजी २५ प्रतिशतले घटिसकेको छ। ३२ सयमा पुगको बजार २४ सयको रेन्जमा आइसकेको छ। ७ सय अंक भनेको त ठूलो अंकको गिरावट हो। कुनै कुनै कम्पनीको त ४५ प्रतिशतसम्म घटेको छ।

आजको दिनमा ४८ लाखभन्दा बढीको डिम्याट बनेको छ। ३८ लाख मेरो सेयर लिनेहरू छन्। २४ लाखभन्दा बढीले आइपीओहरू भरिरहेका छन्। ११ लाख जना अनलाइन लिने छन्। यसको अर्थ १६ प्रतिशत जनसंख्या पुँजीबजारमा जोडिएका छन्। सरकारलाई जाने राजस्व पनि बढीरहेको छ। गत आर्थिक वर्षमा मात्रै १४ अर्ब २३ करोड रुपैयाँ पुँजीबजारबाट सरकारलाई कर गएको थियो।

सेयर बजार अहिले पानपसलमा समेत चर्चा हुने विषय बनिसकेको छ। अहिले घर गृहणीदेखि विद्यार्थी सबै जोडिएका छन्। सबैले लगानी गर्ने ठाउँ बनेको छ।

कोभिडको समयमा सबै बजार ठप्प हुँदा सबै मानिस पुँजीबजारमा जोडिइरहे। सरकारको कुल बजेटभन्दा ३ गुणासम्मको पुँजीबजार भइसकेको छ। तर यस्तोमा पनि सरोकारवाला निकाय जति संवेदनशील हुनुपर्ने हो उति भएको पाइँदैन।

पुँजीबजार पहिलेको जस्तो होइन। यसले अहिले धेरै महत्वपूर्ण स्थान लिइसकको छ। पुँजीबजार देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनिसकेको छ। अरुको देशको विकास हेर्ने को भने पुँजीबजार हेरे पुग्छ। भारतमा मात्र गत वर्षकाभन्दा यो वर्ष ११ हजार अंकले बजार बढेको छ। चीन, अमेरिकालगायतका देशमा पनि बजार बढिरहेको छ। तर हाम्रो देशमा पुँजीबजार बढ्दा नियामकहरू कन्ट्रोलरको भूमिका खेल्छन्। यो दुर्भाग्य हो। राष्ट्र बैंकले पुँजीबजार हेर्ने हाम्रो थलो हैन भनिरहेका छ।

४० खर्ब रूपैयाँको बजार के अर्थतन्त्रको अंग होइन ररु बजारलाई हेरेर नीति तर्जुमा गर्नु पर्ने हो। पुरानो बजारलाई हेरेर नीति नियम बनाउँदा त मेल खाँदैन नै। नियामक निकाय रेगुलेटर हो कन्ट्रोलर बन्न खोज्ने होइन। सुरुमा त अर्थमन्त्रीले यसलाई चासोका साथ हेरिरहेका थिए। अहिले त उहाँ पनि सेयर बजार भनेको यस्तै रहेछ भनेर चुपचाप बस्नु भएको छ। जसका कारण पुँजीबजार अभिभावकविहीन जस्तो भएको छ।

किन बजार यसरी घटेको छ भन्नेमा धेरै चकित छन्। बजार घट्ने ठाउँ नै छैन। लगानीकर्ता डराउनु पर्ने अवस्था नै छैन। राम्रो कम्पनीमा लगानी गर्ने हो भने डराउनु पर्ने अवस्था हुँदै होइन।

बजार रातो भएको बेला लगानी गर्ने हो। यहाँ त बजार हरियो भएको बेला लगानी गर्ने चलन छ। रातो भएको बेला डराएर बेच्ने गर्छन्। अहिले बढी लगानीकर्ता मात्तिने र डराउने हुँदा पनि केही समस्या आएको हो।

पछिल्लो समय बजार छिरेका लगानीकर्तामा परिपक्ता नभएकै हो। बजार माथि नै जान्छ। राम्रो कम्पनीको सेयर खरिद गर्दै जाने हो। अझै ५०र६० अंकले बजार घट्ला नै। केही तल नै गएर बजार घट्दैमा डराएर बेच्नपर्ने अवस्था होइन। घाटामा गएको छ भने रिकभर गर्ने गरी लगानी गर्ने नै हो। डराएर आत्तिन पर्दैन, यो लगानी गर्ने उचित समय हो। अहिले जोसँग पैसा छ उसले लगानी गर्छ भने केही समयमा राम्रो आम्दानी गर्न सक्छ।


प्रकाशित : शनिबार, पुस ३ २०७८१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend