बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

काठमाडौं आइपुगे कतारका राजा

images
मंगलबार, वैशाख ११ २०८१
images
काठमाडौं आइपुगे कतारका राजा

४:४० को उडान तालिका भएता पनि उनी समय अगाडि नै काठमाडौं आइपुगेका हुन्।

images
images

काठमाडौं- कतारका राजा शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्।

images
images
images

उनी सवार जहाज काठमाडौं विमानस्थलमा अवतरण भइसकेको छ। ४:४० को उडान तालिका भएता पनि निर्धारित समयभन्दा अगाडि नै उनी काठमाडौं आइपुगेका हुन्।

images
images

विमानस्थलबाट बाहिर निस्कने तयारी भएको छ। बंगलादशेको ढाकाबाट चार्टर उडानमार्फत उनी काठमाडौं आएका हुन्।

images
images

कतारी अमिर थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्।

विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।

कतारका अमिरको आजदेखि हुने भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ। मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो।

पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ। नेपालको वैदेशिक श्रम गन्तव्यमध्ये कतार एक महत्वपूर्ण देश हो। 


प्रकाशित : मंगलबार, वैशाख ११ २०८११५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend