शनिबार, वैशाख २२ गते २०८१    
images
images

विश्व व्यापार संगठनमा २० वर्ष, कतै हामीले आयातलाई मात्र सहजीकरण त गरेनौँ? : उद्योगमन्त्री भण्डारी

images
images
images
विश्व व्यापार संगठनमा २० वर्ष, कतै हामीले आयातलाई मात्र सहजीकरण त गरेनौँ? : उद्योगमन्त्री भण्डारी

सदस्य हुनु पुर्वको निर्यात र कुल ग्राहस्थ उत्पादनको अनुपात घटेको तर आयात र ग्राहस्थ उत्पादन बढेको तस्बीरले निर्यातभन्दा आयातलाई सहजीकरण गर्यौं कि भन्ने प्रश्न उठेको उनले बताए।

images
images

काठमाडौं- विश्व व्यापार संगठनमा नेपाल सदस्य भएको दुई दशक समय पुगेको छ। गएको दुई दशकमा नेपालले सदस्यका रुपमा पाएको लाभ हानीको समीक्षा गर्नुपर्ने समय आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताएका छन्। 

images
images
images

काठमाडौंमा आयोजना गरिएको बहुपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यो अवधिमा नेपालले सदस्यका रुपमा खेलेको भूमिका, गरेको सुधार र त्यसबाट अर्थतन्त्रमा भएको उपलब्धीका बारेमा गम्भिर समिक्षा गर्नुपर्ने बताए। 

images

विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस संगठनबाट केही अपवाद बाहेक अल्पविकसित मुलुकले आशा गरे अनुसार लाभ लिन नसकेको उनले बताए। 

images

नेपालले पनि केही फोरम तथा अवसरमा भूमिका खेले पनि तथ्यले प्रश्न उठाएको उनको भनाइ छ। 

images
images

सदस्य हुनु पुर्वको निर्यात र कुल ग्राहस्थ उत्पादनको अनुपात घटेको तर आयात र ग्राहस्थ उत्पादन बढेको तस्बीरले निर्यातभन्दा आयातलाई सहजीकरण गर्यौं कि भन्ने प्रश्न उठेको उनले बताए। 

सदस्य भएपछि व्यापारलाई उदार बनाउर विदेशी वस्तुको प्रवेश सहज भएको तर आन्तरिक उत्पादन पनि सोही अनुसार नहुँदा नेपालले विश्व बजारमा आफ्नो उपस्थिति जनाउन नसकेको उनको भनाइ छ। 

यस्ता तथ्यमा रहेर समीक्षा गर्दै अर्थतन्त्रलाई सबल बनाउनुपर्ने उनको भनाइ छ। 

images

प्रकाशित : मंगलबार, वैशाख ११ २०८१०३:०४

प्रतिक्रिया दिनुहोस