शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

दुहवीमा साप्ताहिक हाटबजार सुरु, स्थानीय उत्पादनको बिक्रीवितरण सहज

images
images
images
दुहवीमा साप्ताहिक हाटबजार सुरु, स्थानीय उत्पादनको बिक्रीवितरण सहज

हाटबजार आइतबार, बुधबार तथा शुक्रबार गरी तीनदिन सञ्चालन हुने बताइएको छ। यसले स्थानीय किसानलाई सहज भएको छ।

images
images

जनकपुर- धनुषाको दुहवीमा विवादका कारण बन्द भएको हाटबजार लामो समयपछि सञ्चालनमा आएको छ।

images
images
images

विदेह नगरपालिका-२ स्थित दुहवी गोवराही चोकमा बन्द रहेको साप्ताहिक हाटबजार सञ्चालनमा आएको सो नगरपालिकाका प्रमुख वेचन दासले जानकारी दिए।

images

स्थानीयबीचको विवादका कारण हाटबजार २०७६ सालदेखि बन्द थियो। हाटबजार बन्द भएको कारणले त्यहाँका बासिन्दालाई आफ्नो उत्पादित सामान खरिद बिक्रीका लागि टाढाका बजार जानुपर्ने बाध्यता थियो।  

images

हाटबजार सञ्चालनमा आएपछि स्थानीयलाई सामग्री बिक्रीवितरण गर्न सजिलो भएको छ। हाटबजार आइतबार, बुधबार तथा शुक्रबार गरी तीनदिन सञ्चालन हुने बताइएको छ। पहिला पनि तीन दिन नै हाटबजार लाग्ने गरेको थियो।

images
images

विदेह नगरपालिकाका कार्यपालिका सदस्य सत्रुधन रायका अनुसार चारवर्ष अगाडि हाटबजार लाग्न छाडेपछि स्थानीयलाई धेरै समस्या परेको थियो। हाटबजार सञ्चालनका लागि विदेह नगरपालिका पदाधिकरीले विवादित विषयमा सम्बन्धित निकायसँग छलफलपश्चात हाटबजार सुरु गरिएको उनले जानकारी दिए।

नगरप्रमुख दासले हाटबजार सञ्चालनले स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिकरुपले सबल र आत्मनिर्भर हुने बताए। हप्तामा तीनदिन लाग्ने सो बजारमा भारतीय व्यवसायीसमेत आफनो उत्पादित सामग्री खरिद बिक्रीका लागि आउने गरेको थियो। यो हाटबजारले नगरपालिकासमेतलाई आम्दानी हुने बताइएको छ। रासस

images

प्रकाशित : मंगलबार, वैशाख ११ २०८१०१:५५

प्रतिक्रिया दिनुहोस