बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

३४९ जनालाई करारमै भर्ती गर्नुपर्ने विद्युत प्राधिकरणमा के असामान्य भयो?

images
शनिबार, पुस ३ २०७८
images
images
३४९ जनालाई  करारमै भर्ती गर्नुपर्ने विद्युत प्राधिकरणमा के असामान्य भयो?

असामान्य अवस्था भएपछिमात्र १ वर्षका लागि प्राधिकरणले करारमा कर्मचारी भर्ना गर्ने उक्त विनियमावलीको आशय छ। 

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठूलो सङ्ख्यामा करार नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ। 

images
images

सरकारी स्वामित्वको प्राधिकरणले मंसिर १ गते सूचना जारी गर्दै ३४९ जनालाई करारमा नियुक्त गर्न लागेको हो। प्राधिकरणले ४० जना अधिकृतस्तर र ३०९ जना सहायक स्तरका कर्मचारी नियुक्त गर्न लागेको हो। 

images
images

प्राधिकरणले ठूलो सङ्ख्यामा करारमा लिन थालेपछि यसको व्यापक विरोध सुरु भएको छ। प्राधिकरण कर्मचारी तथा ट्रेड युनियनहरूले यसको विरोध गरेका छन्। उनीहरूले अहिले नै प्राधिकरणमा रहेका कर्मचारीहरू भूमिका बिहिन भएको अवस्थामा व्यवस्थापनले ठूलो सङ्ख्यामा करारमा नियुक्ति दिन खोजेको आरोप लगाएका छन्। 

images
images

उनीहरूले राजनीति नेतृत्वको कार्यकर्ता भर्तिको माध्यम बनाएर प्राधिकरणलाई पंगु बनाउन खोजिएको उनीहरूले आरोप लगाएका छन्। ट्रेड युनियनहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यसको विरोध जनाएका हुन्। 

प्राधिकरणले भने आवश्यकता आधारमा करामा भर्ती गर्न खोजिएको बताएको छ। प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले स्थायी पदपूर्तिका लागि लामो प्रक्रिया लाग्ने तर तत्काल जनशक्ति आवश्यक भएकाले करारको बाटो खोजिएको बताए। 

'प्राधिकरण व्यवस्थापनले आवश्यकताकै आधारमा यसो गरेको हो। अहिले हाम्रो देशभर शाखा तथा ग्राहक विस्तार भएका छन्। त्यसका लागि चाहिने प्राविधिक तथा प्रशासनिक कर्मचारीको तत्काल व्यवस्थापनका लागि करारबाट लिन खोजिएको हो' उनले भने।

तर ट्रेड युनियनहरूले भने एकातिर लोकसेवाले अहिले पनि कर्मचारीका लागि अन्तर्वार्ता लिइरहेको, भएकै कर्मचारी भूमिका बिहिन भएको तर नेताका कार्यकर्ता भर्तीकै लागि करारको बाटो खोजिएको आरोप लगाएका छन्। 

प्राधिकरणको कर्मचारी सेवा सुविधा विनियमावलीमा सामान्यतया कुनै पनि पदमा करार नियुक्त नगरिने उल्लेख गरिएको छ। असामान्य अवस्था भएपछिमात्र १ वर्षका लागि प्राधिकरणले करारमा कर्मचारी भर्ना गर्ने उक्त विनियमावलीको आशय छ। 


प्रकाशित : शनिबार, पुस ३ २०७८०९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend