शनिबार, वैशाख २२ गते २०८१    
images
images

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

images
images
images
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

गुड्दागुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन। राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ।

images
images

धादिङ- रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ।

images
images
images

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो।

images

केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए।

images

गुड्दागुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन। राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ।

images
images

धुनिबेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए। रासस

images

प्रकाशित : मंगलबार, वैशाख ११ २०८१११:२४

प्रतिक्रिया दिनुहोस