शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

एकैदिन प्रतितोला दुई हजार सातसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

images
मंगलबार, वैशाख ११ २०८१
images
एकैदिन प्रतितोला दुई हजार सातसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

मंगलबार सुनको मूल्य दुई हजार सात सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ४५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- यो साता आइतबार स्थिर रहेर सोमबार घटेको सुनको मूल्यमा मंगलबार पनि गिरावट आएको छ।

images
images
images

मंगलबार सुनको मूल्य दुई हजार सातसय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार पाँचसय रूपैयाँ निर्धारण हुँदा तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ८ सय ५० रूपैयाँ कायम छ। 

images
images

नेपाली बजारमा यो साता आइतबार सुनको मूल्य उच्च बिन्दुमै स्थिर हुँदा सोमबार भने सुनको मूल्य प्रतितोला एक हजार एकसय रूपैयाँले घटेको थियो। गत शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीनसय रूपैयाँ म‍ूल्यमा पुगेको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

images
images

चाँदीको मूल्य पनि दुई दिनयता निरन्तर घटिरहेको छ। आइतबार तोलामा २० रूपैयाँले बढेर सोमबार ३५ रूपैयाँले घटेको चाँदीको मूल्य मंगलबार प्रतितोला ४५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबार तोलाको १७ सय ५ रूपैयाँ तोकिएको चाँदी मंगलबार प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, वैशाख ११ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend