शनिबार, वैशाख २२ गते २०८१    
images
images

२७ करोड ३४ लाख लागतमा थालियो दुलेगौडा-लामागाउँ सडक स्तरोन्नति

images
images
images
२७ करोड ३४ लाख लागतमा थालियो दुलेगौडा-लामागाउँ सडक स्तरोन्नति

शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले नगरपालिका-८, ९ र १२ वडालाई जोड्ने छ।

images
images

तनहुँ- दुलेगौडा-लामागाउँ सडकअन्तर्गत दुलेगौडा-लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रूपैयाँको लागतमा स्तरोन्नति सुरु भएको छ।

images
images
images

शुक्लागण्डकी नगरपालिका-४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गरेका हुन्।

images

विश्व बैंककको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयूजीआईपी) अन्तर्गत सात दशमलव एक किलोमिटर कालोपत्र गर्न निर्माण कम्पनी बानियाँ निर्माण सेवासँग सम्झौता भएर काम थालिएको हो।

images

शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले नगरपालिका-८, ९ र १२ वडालाई जोड्ने छ।

images
images

उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ। केही भागमा ढलान हुनेछ। बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ। रासस

images

प्रकाशित : मंगलबार, वैशाख ११ २०८११०:५७

प्रतिक्रिया दिनुहोस