सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

वीरगञ्जको अलौमा आगलागी हुँदा सात घर जले, ५४ लाखभन्दा बढीको क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ११ २०८१
images
images
वीरगञ्जको अलौमा आगलागी हुँदा सात घर जले, ५४ लाखभन्दा बढीको क्षति

वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाउने तयारी छ।

images
images

वीरगञ्ज- वीरगञ्ज महानगरपालिका-१७ स्थित अलौमा आज मंगलबार बिहान आगलागी हुँदा सातवटा घर जलेका छन्।  
  
वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको वीरगञ्ज महानगरपालिका-१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए।

images
images

'सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ', उनले भने, 'ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न  सकेनौँ। फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन्।'

images
images

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए।  

images
images
images

आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा १० लाख ६३ हजार बराबरको क्षति भएको छ। सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन्।

आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी आठ लाख ६८ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित चार लाख ८० हजार बराबरको क्षति भएको छ। यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा ११ लाख ६० हजार बराबरको क्षति भएको छ।

पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी चार लाख १६ हजार बराबरको क्षति भएको छ। अभय सहनी सात लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। सोही ठाउँकै अदालत साहको ६ लाख २३ हजार बराबरको क्षति भएको छ।
 
वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए। 

यही बैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका-१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा १२ करोड ८४ लाख बराबरको क्षति भएको थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख ११ २०८११०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend