शनिबार, साउन १२ गते २०८१    
images
images
images

श्रममन्त्रीको आग्रह - वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र खानाको अनिवार्य व्यवस्था गरिदिनू

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १० २०८१
images
images
श्रममन्त्रीको आग्रह - वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र खानाको अनिवार्य व्यवस्था गरिदिनू

नेपालबाट औसत १ हजार ५ सय युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन्। यी मुलुकहरुमा विभिन्न एयरलाइन्स कम्पनीले उडान भर्दै आएका छन्।

images

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाईजहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन्।

images
images

सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा नै भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाईजहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन्। 

images

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ। यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने हुन्छ। गन्तयमुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन्। यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौँसम्म भोकभोकै बस्नु पर्ने अवस्था छ। त्यसैले हवाईजहाजको टिकटमा नै खानाको व्यवस्था गरीदिन मन्त्री अर्यालले आग्रह गरेका हुन्।

'मुलुकभित्रै अवसर नपाएर युवाहरु विदेशिन्छन्। विदेशिँदै गर्दा पनि हामी श्रमिकलाई घण्टौँसम्म भोकै राख्छौँ' उनले भने 'कम्तिमा पनि जहाजभित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस्।'

images

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने विषयमा व्यवसायीहरु पनि सकारात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।

'यस बिषयमा हामीहरु पनि गम्भीर छौँ। एयरलाइन्स कम्पनीहरुले व्यवसायिक फाइदालाई मात्रै हेर्ने हुँदा श्रमिकहरु भोकै रहनुपर्ने अवस्था आएको हो,' उनले भने। त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्य रुपमा खाना उपलब्ध गराउनु पर्ने नियम बनाइदिनुपर्नै उनले बताए। 

नेपालबाट औसत १ हजार ५ सय युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन्। यी मुलुकहरुमा विभिन्न एयरलाइन्स कम्पनीले उडान भर्दै आएका छन्।

नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपालदेखि मलेसियाका उडान भर्दै आएका छन्।

हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सले नेपाल  र कतार लागि उडान भर्दै आएका छन्।

त्यस्तै नेपालदेखि साउदी अरेयिबाका लागि हिमालयन एयरलाइन्सले मात्रै सिधै उडान भर्दै आएको छ भने एयर अरेयिबा, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा, एयर इण्डियाले ट्रान्जिट उडान भर्दै आएका छन्। 

सलाम एयरलाइन्सले ओमान र नेपाल बिच सिधै उडान भर्दै आएको छ भने फलाई दुबई, एयर जजिरा, एयर अरेयिबा, कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन्।

युएईका लागि भने हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, फलाई दुबई, एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इण्डिया, कुवेत एयरवेज, सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन्।

कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन्। तर, नेपाल एयरलाइन्स लगायत अन्य चार वटा एयरलाइन्सले मात्रै अनिवार्य रुपले खाना दिने गरेको व्यवसायीहरु बताउँछन्। 

छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका बिषयलाई व्यवहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए। 


प्रकाशित : सोमबार, वैशाख १० २०८११८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend