शनिबार, साउन १२ गते २०८१    
images
images
images

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैंकर्स संघ र कोषबीच सहमति

images
सोमबार, वैशाख १० २०८१
images
images
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैंकर्स संघ र कोषबीच सहमति
images

काठमाडौं- सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि नेपाल बैंकर्स संघ र कोषबीच सहमति भएको छ।

images
images

सोमबार बैंकर्स संघ र सामाजिक सुरक्षा कोषका पदाधिकारीबीच भएको बैठकमा बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा कोषमा आबद्धता जनाउने सहमति भएको हो।

images

लामो रस्साकस्सीबीच सामाजिक सुरक्षा कोषको लगातार प्रयासका कारण कोषमा आबद्ध हुन बैंकका कर्मचारीहरू सहमत भएका हुन्। 

सामाजिक सुरक्षा कोषसँग सहमति भएको र योसँगै बैंक वित्तीय संस्थाहरूमा कार्यरत करिब ८० हजारदेखि १ लाख कर्मचारी कोषमा आवद्ध हुने बैठकमा सहभागी एक बैंकरले बताए। 

images

'बैंकहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सहमति भएको छ। यो सहमतिसँगै बैंकमा कार्यरत करिब एक लाख कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि बाटो खुलेको छ' ती बैंकरले भने।

सामाजिक सुरक्षा कोषको सेवा सुविधाप्रति असन्तुष्टि जनाउँदै नेपाल वित्तीय संस्था कर्मचारी संघले सामाजिक सुरक्षा कोषमा सहभागी नहुने भन्दै विरोध जनाउँदै आएका थिए। 

सामाजिक सुरक्षाकोषमा आबद्धता जनाएसँगै बैंक वित्तीय संस्थाले प्रत्येक कर्मचारीको न्यूनतम पारिश्रमको ३१ प्रतिशत कोषमा जम्मा गरिदिने छ। जसमा कर्मचारीको तर्फबाट ११ प्रतिशत योगदान रहने छ भने २० प्रतिशत बैंकले ब्यहोर्ने छ। 

कर्मचारीले बुझाउने ११ प्रतिशतमध्ये एक प्रतिशत रकम सरकारलाई आयकरबात जानेछ। वाणिज्य बैंकहरूमध्ये हालसम्म लक्ष्मी सनराइज बैंकमात्रै सामाजिक सुरक्षाकोषमा आबद्ध भएको छ।

कोषमा आबद्ध भएकाले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा सहभागी हुन पाउने छन्।

श्रीमान् कोषमा जोडिएका छन् भने श्रीमतीले पनि र श्रीमती कोषमा जोडिँदा श्रीमानले पनि वार्षिक रुपमा एक लाख रुयैयाँसम्मको औषधी उपचार खर्च पाउने छन्। तर यसका लागि ३ महिना योगदान गरेको हुने पर्ने छ।  

यसैगरी दुर्घटना तथा अशक्ता सुरक्षा योजना, निवृतिभरण सुरक्षा योजनामासमेत सहभागी हुन पाउने छन्।


प्रकाशित : सोमबार, वैशाख १० २०८११३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend