बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

कतारी राजा शेख तमीम बिन हमाद अल थानी भोलि नेपाल आउने, सार्वजनिक बिदा दिने निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १० २०८१
images
कतारी राजा शेख तमीम बिन हमाद अल थानी भोलि नेपाल आउने, सार्वजनिक बिदा दिने निर्णय

भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ।

images
images

काठमाडौं- कतारका अमीर (राजा) शेख तमीम बिन हमाद अल थानी भोलि मंगलबार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन्।

images
images
images

कतारका राजा नेपाल भ्रमणमा आउने दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्।

images
images

अमीरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए।

images
images

कतारी अमीर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज आइतबार निस्कने तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए।

राजदूत अल अन्सारीका अनुसार अमीर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन्।

कतारी प्रतिनिधिमण्डलका नेता अमीरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

कतारका अमीरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो। भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ। 


प्रकाशित : सोमबार, वैशाख १० २०८११३:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend