काठमाडौं- मधुकुमार मरासिनी दोस्रोपटक अर्थसचिव भएका छन्। नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सफाइ दिएसँगै मरासिनी पुन: अर्थसचिव भएका हुन्।
आज बसेको मन्त्रिपरिषदको बैठकले मरासिनीलाई अर्थसचिव बनाउने निर्णय गरेको हो। यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि मरासिनी अर्थसचिव रहेका थिए।
यसअघिका अर्थसचिव कृष्णहरि पुष्कर हटाएर मरासिनीलाई अर्थसचिव बनाउने निर्णय सरकारले गरेको हो। हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ
मरासिनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसमेत भएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मरासिनी महालेखा नियन्त्रक बनेका थिए।