बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

हुम्लाको हिल्दुम विद्युत वितरण केन्द्रले घटायो लोडसेडिङ

images
सोमबार, वैशाख १० २०८१
images
हुम्लाको हिल्दुम विद्युत वितरण केन्द्रले घटायो लोडसेडिङ

विगतमा दैनिक १४ देखि १६ घण्टासम्म लोडसेडिङ हुने गरेकामा अहिले हिउँ पग्लिएर पानी बढेपछि लोडसेडिङको समय दैनिक सात घण्टा घटाइएको वितरण केन्द्रले जनाएको छ।

images
images

हुम्ला- हुम्लाको हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङको समय घटाएको छ। पानीको स्रोत बढेपछि लोडसेडिङको समय दैनिक सात घण्टा घटाइएको वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले जानकारी दिए।

images
images
images

विगतमा पानी अभावका कारण दैनिक १४ देखि १६ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो। चैतको अन्तिम सातादेखि हिउँ पग्लिएर पानी बढेपछि विद्युत् उत्पादनमा वृद्धि भएको उनको भनाइ छ।

images
images

सो केन्द्रले जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् वितरण गर्दै आएको छ। पाँचसय किलोवाट विद्युत् उत्पादन क्षमता रहेको पावर हाउसले पानीको मात्राअनुसार न्यूनतम ९० देखि दुई सय २० किलोवाटसम्म विद्युत् उत्पादन गर्ने गरेको छ। 

images
images

अहिले भने दैनिक एक सय ५० किलोवाट विद्युत् उत्पादन हुने गरेको वितरण केन्द्रले जनाएको छ। लोडसेडिङको समय घटाएपछि वितरण केन्द्रको पहुँच क्षेत्रका तीन हजारभन्दा बढी उपभोक्तालाई दैनिक सेवा प्रवाहमा सहज भएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख १० २०८११२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend