बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

दुई वर्षमा निर्माण सक्नेगरी सात करोडमा सम्झौता भएको बडिगाडखोलाको मोटरेबल पुल चार वर्षसम्म पनि बनेन

images
सोमबार, वैशाख १० २०८१
images
दुई वर्षमा निर्माण सक्नेगरी सात करोडमा सम्झौता भएको बडिगाडखोलाको मोटरेबल पुल चार वर्षसम्म पनि बनेन

पुल सात करोड ६६ लाख लागतमा निर्माण गर्न लागिएको हो। पुल नबन्दा बजारबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्न समस्या भएको छ।

images
images

ढोरपाटन- बागलुङको बडिगाडखोलामा मोटरेबल पुल निर्माण थालेको चार वर्ष बित्यो। तर हालसम्म सम्पन्न हुन सकेको छैन।

images
images
images

बडिगाड गाउँपालिका-७ भिमगिठे बजार र मालारानी गाउँ जोड्ने गरी २०७७ कात्तिक २७ गते सम्झौता भएको थियो। हालसम्म ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। विसं २०७९ फागुनमा निर्माण सक्ने सम्झौता भए पनि दुई पटक म्याद थप गरिएको छ। पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।

images
images

पुल दुई वर्ष चार महिनामा सक्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको थियो। पुल नबन्दा बजारबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्न समस्या भएको छ।

images
images

मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि बडिगाडखोला तरेपछि मात्रै मालरानी गाउँ पुग्न सकिन्छ। हिउँदको समयमा जसोतसो गाडी तरे पनि बर्खाको पाँच महिना यातायात ठप्प हुने स्थानीय मीनबहादुर खत्रीले बताए। बडिगाडखोलामा हिउँदमा पानीको मात्रा अत्यधिक हुन्छ। यातायातका साधन वारपार गर्न समस्या हुने गरेको उनको भनाइ छ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण हालसम्म पुल बन्न नसकेको खत्री बताउँछन्। गाडी नचल्दा स्थानीयले झोलुंगे पुलमार्फत बोकेरै सामान बजारदेखि गाउँ पुर्‍याउने गरेका छन्। 'बर्खामा गाडी चल्दैनन्, गाउँमा सामान बोकेरै ल्याउनुपर्छ, बिरामी बोकेर अस्पताल लैजानुपर्छ,' खत्रीले भने।

पुल निर्माण गर्न दुई पटक म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अमर अधिकारीले जानकारी दिए। असार मसान्तसम्म सक्ने गरी कामदार लगाएर धमाधम काम गरिरहेको उनको भनाइ छ।

पुल सात करोड ६६ लाख रूपैयाँको लागतमा निर्माण गर्न लागिएको हो। रासस


प्रकाशित : सोमबार, वैशाख १० २०८१११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend