शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन ११ सयले घट्यो

images
सोमबार, वैशाख १० २०८१
images
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन ११ सयले घट्यो

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ३५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- सुनको मूल्य सोमबार उच्च बिन्दुबाट ओरालो लागेको छ। आइतबार उच्च बिन्दुमै स्थिर रहेको सुनको मूल्य सोमबार एकैदिन प्रतितोला एक हजार एकसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुन मूल्य प्रतितोला एक लाख ३७ हजार पाँचसय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार तीनसय रूपैयाँ निर्धारित थियो भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ६ सय ५० तोकिएको थियो। सुन गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

images
images

आइतबार बढेको चाँदीको मूल्य पनि सोमबार घटेको छ। आइतबार तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा ३५ रूपैयाँले घटेर प्रतितोला १७ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, वैशाख १० २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend