सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

थाप्राङ-तिपाङ जोड्ने पुल निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १० २०८१
images
images
थाप्राङ-तिपाङ जोड्ने पुल निर्माण

करिब ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो।

images
images

भरतपुर- चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। सो पुलले इच्छाकामना-१ को थाप्राङ-तिपाङलाई जोडेको छ। 

images
images

बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। उनले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताए।

images
images

चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ। अध्यक्ष गुरुङले भने, 'पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ।' पुल निर्माणपछि चितवन मात्र नभइ धादिङका नागरिकलाई समेत सहज भएको छ।

images
images
images

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ-तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताए। 'तिपाङभन्दा माथि पनि साना-साना बस्ती छन्', उनले भने, 'यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिडडुल गर्न सजिलो हुनेछ।' 

विसं २०७८ मा पुल निर्माण कार्य थालिएको हो। सो ठाउँमा बिजुली र बाटोघाटोको समस्या छ। स्थानीय राजेशले चेपाङ पुल निर्माणपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताए।

थाप्राङ माइत भएकी सुनिता चेपाङले पुल नहुँदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने बताए। करिब ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो। रासस


प्रकाशित : सोमबार, वैशाख १० २०८११०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend