बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

२३ करोड ७५ लाख रुपैयाँ बिगो दाबी गर्दै सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

images
आइतबार, वैशाख ९ २०८१
images
२३ करोड ७५ लाख रुपैयाँ बिगो दाबी गर्दै सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

गैरकानूनी सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई गएको माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ।

images
images

काठमाडौं- गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

images
images
images

पौडेलले पदीय मर्यादाविपरीतका कामगरी गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धान गरेर २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। 

images
images

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा २ बमोजिम बिगोअनुसार कैद र बिगोबमोजिम जरिबानाको सजाय हुनुपर्ने उल्लेख गरिएको छ। 

images
images

गैरकानूनी सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई गएको माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ।

साथै सुनिलले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट निजको सहोदर दाजु अनिल पौडेलका नाममा खरिद गरिएका घरजग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ 'ख' बमोजिम जफत गर्ने प्रयोजनार्थ अनिललाई पनि प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख ९ २०८११८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend