बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

एसियन राजमार्ग : रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु

images
आइतबार, वैशाख ९ २०८१
images
एसियन राजमार्ग : रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु

दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गको सो सडकखण्डमा एक सय ४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुनेछ।

images
images

झापा- पूर्व-पश्चिम एसियन राजमार्गअन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु भएको छ।

images
images
images

एसियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकरभिट्टा-सीतापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा सो काम भइरहेको जानकारी दिए।

images
images

उनका अनुसार हाल कमल र केर्खा खोलामा पुलको पायल फाउण्डेसन गर्ने, सडकको चौडाइका लागि माटो भर्ने र कल्भर्ट बनाउने काम धमाधम भइरहेको छ। सडक किनारमा रहेका चार हजार सात सय ३० रुखमध्ये तीन हजार छ सय रुखसमेत कटान गरिसकिएको छ।

images
images

दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गको सो सडकखण्डमा एक सय ४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुने योजना प्रमुख पन्तले जानकारी दिए।

एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा-सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी-मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ। उनका अनुसार पूर्वी खण्डको ठेक्का पाएको एभ्रासकन कालीका जेभीले तीव्र रुपमा काम गरिरहेको छ। 

'काम तीव्र रुपमा भइरहेको छ', उनले भने, 'रुख काट्ने कार्य अन्तिम चरणमा पुगिसक्यो। अब पुल र कल्भर्टको काम पनि द्रतगतिमा भइरहेको छ।' 

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिठ्ठदेखि केर्खासम्मको सडक करिब १० अर्ब रूपैयाँको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताए।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ।

फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वी नाकाबाट स्थल मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने जनअपेक्षा रहेको छ। उनले एसियन हाइवेमा पर्ने ठूला साना नदीमा लगाइएका पुराना पुललाई यथावत् राखेर त्यसैमा दुई लेनका पुल थप गरिने जानकारी दिए।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको सडक अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ। काँकरभिठ्ठ-लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख ९ २०८११६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend